२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन घण्टाको बाटो तीस मिनेटमा छोटियो

२०७५, ५ बैशाख बुधबार ०३:१७

सन्तोष गौतम | वैशाख ५, बाबियाचौर (रासस) | रघुगंगा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि तीन घण्टाका बाटो ३० मिनेटमा छोटिएको छ । 

बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भिर, जंगल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको हो । तीन घण्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिएको उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताउनुभयो । 

लामो पुलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । भौगोलिक विकटताका कारण छिमेकी वडा भुरुङ तातोपानी र हिस्तानको विद्यालयमा पढ्न जानुपर्ने बादुक र तिप्ल्याङ गाउँका बालबालिकाको बाध्यतासमेत हटेको छ । 

बादुक र तिप्ल्याङ गाउँका बासिन्दालाई बेग देउरालीस्थित वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा लिन र विद्यालयमा पढ्न जान आउन सहज भएको पुनले बताउनुभयो । विसं २०७३ भदौदेखि शुरु भएको पुल निर्माण कार्यले पूर्णता पाएपछि २०७५ वैशाखदेखि आवतजावतका लागि खुल्ला गरिएको छ । 

कूल ३६५.८ मिटर लामो यो झोलुङ्गे पुल सिङ्गल स्पान प्रविधिमा नेपालकै लामो भएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रविन महर्जनले बताउनुभयो । पुलबाट अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको बेग, हिस्तान, दोवा, भुरुङ तातोपानी, चिमखोला, दग्नाम, पिप्ले, भगवतीलगायत वडाका तीन हजार ५०० घरधुरी लाभान्वित भएका छन् । यो पुल १४८ मिटरभन्दा बढी अग्लो छ । 

जिल्ला समन्वय समितिअन्तर्गतको प्राविधिक कार्यालयले ठेक्कामार्फत रु दुई करोड ७९ लाख ९० हजारको लागतमा पुल निर्माण गरेको हो । पुल निर्माणको ठेक्का लिएको पोखराको मुक्तिनाथ श्री गीता जेभीले हस्तान्तरणको तयारी गरेको छ । टिबिएसयुले केबल र बुल्डअफ ग्रीपलगायतका निर्माण सामग्री उपलब्ध गराएको थियो । 

भुरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि हुँदै पर्यटकीयस्थल रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिनुका साथै रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । 

बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार