४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

२५ बैशाख २०७५, मंगलवार ०३:५५

वैशाख २५, गाईघाट | संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालयले जिल्लाका आठवटा स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा सहकारी संस्था र तिनको सञ्चालन गर्ने अधिकार हस्तान्तरण गरेको सहकारी डिभिजन कार्यालय, उदयपुरले बताएको छ । 

हाल जिल्लामा ३२२ सहकारी संस्था सञ्चालन हुँदै आएकोमा तीमध्ये २९२ स्थानीय तहलाई हस्तान्तरण गरेको जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरका प्रमुख अधिकृत जितमान जिमीले बताउनुभएको छ । 

उक्त संस्थामध्ये त्रियुगा नगरपालिकालाई १०६ वटा, लिङचुङबुङ गाउँपालिकालाई छवटा, कटारी नगरपालिकालाई ५७ वटा हस्तान्तरण भएका छन् । 

अन्य स्थानीय तहमा बेलका नगरपालिकालाई २५, रौतामाई गाउँपालिका ३० उदयपुरगढी १४, ताप्ली गाउँपालिका १० र बाँकी प्रदेशलाई हस्तान्तरण गरिएको पनि सहकारी डिभिजन कार्यालय उदयपुरले बताएको छ । 

स्थानीय तहका प्रमुखलाई सहकारी सञ्चालन गर्ने फायल कागजपत्रसहित अधिकारसमेत प्रत्यायोजन गरिएको सहकारी डिभिजन कार्यालयका प्रमुख जिमीले बताउनुभयो । 

यसअघिनै जिल्लामा महिला विकास, पशुसेवा कार्यालय जनस्वास्थ्य कार्यालयसहितका केही सरकारी कार्यालय स्थानीय तहमा आइसकेका छन् । 

उक्त सहकारी हस्तान्तरण कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारसहितका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता