२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

२०७५, २५ बैशाख मंगलवार ०३:५५

वैशाख २५, गाईघाट | संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालयले जिल्लाका आठवटा स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा सहकारी संस्था र तिनको सञ्चालन गर्ने अधिकार हस्तान्तरण गरेको सहकारी डिभिजन कार्यालय, उदयपुरले बताएको छ । 

हाल जिल्लामा ३२२ सहकारी संस्था सञ्चालन हुँदै आएकोमा तीमध्ये २९२ स्थानीय तहलाई हस्तान्तरण गरेको जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरका प्रमुख अधिकृत जितमान जिमीले बताउनुभएको छ । 

उक्त संस्थामध्ये त्रियुगा नगरपालिकालाई १०६ वटा, लिङचुङबुङ गाउँपालिकालाई छवटा, कटारी नगरपालिकालाई ५७ वटा हस्तान्तरण भएका छन् । 

अन्य स्थानीय तहमा बेलका नगरपालिकालाई २५, रौतामाई गाउँपालिका ३० उदयपुरगढी १४, ताप्ली गाउँपालिका १० र बाँकी प्रदेशलाई हस्तान्तरण गरिएको पनि सहकारी डिभिजन कार्यालय उदयपुरले बताएको छ । 

स्थानीय तहका प्रमुखलाई सहकारी सञ्चालन गर्ने फायल कागजपत्रसहित अधिकारसमेत प्रत्यायोजन गरिएको सहकारी डिभिजन कार्यालयका प्रमुख जिमीले बताउनुभयो । 

यसअघिनै जिल्लामा महिला विकास, पशुसेवा कार्यालय जनस्वास्थ्य कार्यालयसहितका केही सरकारी कार्यालय स्थानीय तहमा आइसकेका छन् । 

उक्त सहकारी हस्तान्तरण कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारसहितका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै