२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका जनप्रतिनिधि काठमाडौंमा, विकास योजना माग्दै

२५ बैशाख २०७५, मंगलवार १५:१६

कमल पौडेल | वैशाख २५, बागलुङ | जिल्ला समन्वय समिति बागलुङको अगुवाईमा जनप्रतिनिधिहरुको टोली स्थानिय मागहरुको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ। जिल्लाका विकास निर्माणका योजनाहरुको प्राथमिकीकरणको लागि संघिय सरकारका विभिन्न मन्त्रालयमा पुगेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जानकारी दिनुभएको छ।

टोलीमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, उपप्रमुख भुसाल सहित जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसदहरु डा. सुर्य पाठक, देवेन्द्र पौडेल, मन कुमारी केसि, ज्ञान कुमारी छन्त्याल, राष्ट्रिय सभा सदस्य शान्ति अधिकारी, स्थानिय तह तर्फ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति रहनुभएको छ।


टोलीले सोमवार र मंगलवार पर्यटन मन्त्रि रविन्द्र अधिकारी, महिला तथा वालवालिका मन्त्रि थममाया थापा, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रि रघुविर महासेठ, युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुस्प कँडेल लगाएतलाई भेटि समग्र बागलुङको विकासका योजनालाई प्राथमिकिकरण गरिदिन आग्रह गरेको छ।

भेटपछि सम्वन्धित मन्त्रालयवाट ढोरपाटनको समग्र विकास को लागि यथोचित वजेट विनियोजन गर्ने, जेष्ठ, महिला, वालवालिका लगाएतको लक्षित वजेट स्थानिय तहमा पठाउने, बागलुङ वजार हुँदै दक्षिण कुस्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपूर जोड्ने सडकको लागि आवश्यक वजेट विनियोजन गर्ने, सवै पालिकामा व्यवस्थित खेल मैदान, ढोरपाटनमा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर, बाङ्गेचौरमा स्तरीय खेल मैदान निर्माण गर्ने, जिल्ला भित्र डिटेल स्टीमेट भएका सवै पुलहरु निर्माणको लागि आवश्यक प्रवन्ध गर्ने लगाएतका प्र्रतिवद्धता व्यक्त भएको उपप्रमुख भुसालले जानकारी दिनुभएको छ ।


टोली अझै २ दिन वस्ने र संघिय सरकारका विभिन्न मन्त्रालय र मन्त्रिहरु संग भेटि समग्र जिल्लाका विकास योजनाको विषयमा ध्यानाकर्षण गराइने भुसालले जानकारी दिनुभएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड