२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धमाधम ढल र सडक बन्दै, बाटो झिलिमिली बनाउने तयारी

२०७५, ९ जेष्ठ बुधबार १४:२५

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लाको सिमिकोट गाउँपालिका अन्तरगतको सदरमुकाम सिमिकोटमा धमाधम सडक फराकिलो र ढल निर्माणमा तिव्रता आईरहेको छ । असार नजिकिँदै गर्दा अझ यसले गति लिएको छ । हुम्लाको एक मात्र शहरी क्षेत्रमा पर्ने सिमिकोटका हरेक गल्ली, चोकमा यतिखेर ढल र सडक फराकिलो बनाउने कार्य भईरहेको छ ।

यस अघि निर्माण भएका ढल बाटो निर्माण गर्ने क्रममा विग्रेको र कुनै चालु हालतमा नभएको कारण सदरमुकाम सफा राख्नको लागि गाउँपालिकाको कार्यालयले स्थानिय उपभोक्ता समितिलाई ढल निर्माणको लागि जिम्मा दिईएको सिमिकोट गाउँपालिकाका कार्यकारी प्रमूख अर्जुन दर्जीले बताउनु दिनु भयो । सिमिकोटको तिनधारा देखी शिवमन्दिर सम्म र दक्षिणको अस्पतालद्धार सम्मको करिब ३ किलोमिटरको दुरीमा २ करोड ४० लाख बजेटमा उपभोक्ताले द्रुत गतिमा ढल र बाटो विस्तार कार्य भईरहेको छ ।

बाटो ७ मिटरको चौडाईमा बनाउनको लागि ८ वटा उपभोक्ता समिति क्रियाशिल रहेका छन् । सिमिकोट बजारमा अव्यवस्थित रुपमा बनेका घरले बाटो साँघुरो भएको भएता पनि घर अगाडी बाटो फराकिलो बनाउनको लागि आफुले नै बाटोे बनाउनको लागि ७ कोठे भवन भत्काउन आफु अगाडी बढेको स्थानिय अदानसिँह रावतले बताउनु भयो । मेरो घर अगाडी सडक सहज बनाउनका लागि मेरो आधि घर नै भत्कको भए पनि आफुले खुसीले घर भत्काएको र बाटो फराकिलो बनाउन अनुमति दिएको रावतको भनाई रहेको छ । बाटो मात्र नभएर घर अगाडी ढल समेत बन्ने भएपछि सरसफाईमा सहज हुने र सुन्दर सिमिकोट बनाउने कार्यमा आफु लागि परेको स्थानिय लालबहादुर रावतले बताउनु भयो । घर अगाडीको २ मिटर जग्गा बाटो निर्माणमा जाने भएको भएता पनि आफ्नो गाउँ विकसित हुन लागेको खुसीमा नै जग्गाको कुनै माया नराखेर बाटो र ढल निर्माणमा लागेको रावतको भनाई रहेको छ । 

तश्विरमा: स्थानिय उपभोक्ता समिति सिमिकोटमा ढल तथा सडक निर्माण कार्य हुँदै । तश्विर: रेशमराज रोकाया

गाउँपालिकाको कार्यालयले तत्कालिन सिमिकोट गाउँ विकास समिति र जिल्ला विकास समितिले निर्माण गरेको ढल हाल बाटो फराकिलो बनाउने क्रममा काम नलाग्ने भए पछि पुःन ढल निर्माण गर्नु पर्ने भएकोले दोहोरो लगानी गर्नु पर्ने अवस्था आएको छ । पुरानो ढलमा प्रयोग भएका स्लापलाई प्रयोगमा ल्याई केही लागत घटाउने कार्यमा सिमिकोट गाउँपालिकाको कार्यालय लागिपरेको छ । 

हुम्लाको नमूना गाउँपालिका बनाउनको लागि हाल कार्य भईरहेको छ । हरेक चोक र बाटोमा सोलार रहित स्ट्रिट ल्याम्प समेत जडान गर्न लागिएको छ । त्यसको लागि टेण्डर प्रक्रिया अगाडी बढेर केही दिनमा नै बत्ती जडान गरिने भएको छ । ३० लाख बजेटमा सिमिकोटका चोक र गल्लीमा बत्ती जडान गरिँदा अपराधिक क्रियाकलाप र बाटो हिँड्ने बटुवालाई सहज हुने भएको छ । 

असार मसान्त सम्म सम्पन्न हुने गरी हाल उपभोक्ता समिति रात दिन काममा लागिपरेका छन् । बाटो फराकिलो र ढल निर्माण गरिँदा बटुवालाई धुवाँ र धुलोले हैरान पारेको भएता पनि गाउँमा विकास हुन लाग्दा सबै दंग देखिएका छन् । सिमिकोटमा गुड्ने ट्रयाक्टरलाई ढुँगा र निर्माण सामाग्री ओसार्नमा भ्याई नभ्याई भईरहेको छ । बाटो बनेपछि हाल एक लेनको बाटो दोहोरा लेन हुँदा गाडी चलाउन समेत सहज हुने भएकोले गाडी धनीलाई सहज हुने भएको छ । हाल सिमिकोटमा ५ वटा ट्रयाक्टर र ५ वटा बोलेर जिप चल्न थालेका छन् । हाल हुम्लामा ढुँगाको एक ट्रली ट्रयाक्टरको २० हजार देखी २५ हजारको दरमा विक्रि भईरहेको छ । बाटोको छेउमा ग्याविन युक्त पर्खाल बनाउने, घर निर्माणलाई व्यवस्थित गर्ने समेत कार्य भईरहेको छ । निर्माणमा आवश्यक पर्ने गिट्टी विक्रि गरेर स्थानिय महिलाले पनि यसबाट राम्रो आम्दानी समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे