२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाद्वारा संयुक्त वैकल्पिक सडक निर्माण सुरु

२०७५, १३ जेष्ठ आईतवार ०३:११

जेठ १३, फलेवास (पर्वत) | प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । 

प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो । उक्त सडक बनेपछि स्थानीय तहलाई आत्मनिर्भर बनाउन र पोखरासम्मको घुमाउरो सडकको विकल्प बन्ने ठानिएको छ । दुवै नगरपालिकाका मुख्य बस्ती जोड्ने उक्त सडकखण्ड निर्माणसँगै नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र योजना अघि बनाएका छन् । 

नयाँ सडकको लम्बाइ ५७ किलोमिटर छ । जैमिनी–कुश्मा १४ र कुश्मा–पोखरा ५८ गरी कूल ७२ किलोमिटरको यात्रा ५७ किलोमिटरमा छोट्टिने भएपछि यात्राको दूरी पनि घट्छ । “फलेवास–दोबिल्ला ११ र दोबिल्ला पोखरा ५४ गरी ६५ किलोमिटरको यात्रा अब ५३ किलोमिटरमै छोट्टिएपछि फलेवासवासी कुश्मा पुग्ने कष्ट गर्नु परेन”, फलेवासका नगरप्रमुख पदमपाणि शर्माले भन्नुभयो । यो सडकको ट्र्याक र स्तरोन्नतिका लागि फलेवास नगरपालिकाले यसै वर्ष रु ९० लाख बजेट विनियोजन गरी काम शुरु गरिसकेको छ । 

स्थानीय सरकारको स्रोत साधनको प्रयोग गरेर आफ्नै लगानीमा प्रदेश राजधानी जोड्ने छरितो बाटो बनाउँदा चौतर्फी लाभ लिन सकिने शर्माको भनाइ छ । सडकखण्डको ट्र्याक खोल्ने काम शुरु भइसकेको छ । दुवै नगरको साझेदारीमा हाल सडक स्तरोन्नति गर्ने क्रममा पर्वत खण्डमा पर्नेे देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोड्ने काम शरु भइसकेको छ । यो सडक बाहै्र महिना चल्दा बाग्लुङको जैमिनीदेखिका सर्वसाधारण र व्यापारिक चाप फलेवासमा बढ्ने र यसले फलेवासलाई शहरीकरण गर्न सघाउने नगरपालिकाको अपेक्षा छ । 

बाग्लुङको जैमिनी नगरपालिकाले पनि नगरको केन्द्र कुश्मिशेराबाट सडक स्तरोन्नति गर्ने कार्ययोजना तय गरेको छ । नगर प्रमुख इन्द्रराज पौडेलका अनुसार सडक निर्माणका लागि बजेट विनियोजन भइसकेको छ । यो सडकलाई दुई जिल्लाका दक्षिणी क्षेत्रको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जैमिनी र फलेवासका बासिन्दा पोखरा पुग्नुपर्दा हाल कच्ची सडकबाट कुश्मा हुँदै जानुपर्ने बाध्यता हट्नेछ । 

कुश्मा–पोखराको वैकल्पिक सडक हालसम्म छैन । सदरमुकामसम्म घुमेर जाँदा सर्वसाधारणलाई समय र आर्थिक भार बढी पर्ने गरेको छ । यो सडकले पर्यटकीय शहर पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फलेवास र जैमिनीमा भित्र्याउन पनि ठूलो भूमिका खेल्ने स्थानीयवासीको अपेक्षा छ । 

दुवै नगरपालिकाले सडकको न्यूनतम मापदण्ड पनि तोकिसकेका छन् । फलेवासका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाका अनुसार सडकको मापदण्ड २२ मिटर तोकिएको छ । “मुख्य सडक १६ मिटर र दायाँ–बायाँ तीन÷तीन मिटर (सेटब्याक) रहनेछ”, उहाँले भन्नुभयो । सडकको स्तरवृद्धि र नयाँ ट्र्याक खोल्न उपभोक्ता समिति गठन गरी काम शुरु भइसकेको छ । जैमिनीघाटबाट शुरु भएको सडकले साबिकका एक दर्जन गाविसलाई समेट्छ । यसबाहेक स्याङ्जा र बागलुङका दुई स्थानीय तहले समेत लाभ लिन सक्नेछन् । सडक विस्तारपछि ग्राभेलिङ, दुवैतर्फ नाली र रिटेनिङ वाल लगायतका योजना रहेको नगरपालिकाले जनाएको छ । बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई अहिले पोखरा पुग्न ४ घण्टा लाग्छ । यो सडक बनेपछि २ घण्टामै पोखरा पुग्न सकिनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने