४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने

१५ जेष्ठ २०७५, मंगलवार ११:२१

जेठ १५, काठमाडौं । सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ ।

७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ ।  अब ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६० वर्षदेखि नै यो भत्ता पाउँछन् ।

सरकारले बजेटमार्फत अब समाजिक सुरक्षा कार्यक्रमलाई योगदानमा आधारित बनाउँदै लैजाने घोषणा गरेको छ ।  अब दोहोरो समाजिक सुरक्षा हटाउने घोषणाा बजेटले गरेको छ ।

नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या झण्डै २५ लाख छ । जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणले देखाएको थियो ।

आगामी वर्ष यो संख्या अझै बढ्ने छ । सामाजिक सुरक्षा भत्ता लिनेमा सबैभन्दा बढी जेष्ठ नागरिक १२ लाख ८ हजार रहेका छन् । जेष्ठ नागरिकभित्र पनि दलित जेष्ठ नागरिकको संख्या २ लाख ६९ हजार, कणर्ालीका जेष्ठ नागरिक ३४ हजार ६ सय र अन्य जेष्ठ नागरिक ९ लाख ३ हजार ८ सय रहेको छ ।

त्यस्तै सरकारबाट भत्ता लिने एकल महिलाको संख्या १ लाख ८ हजार रहेको छ भने विधवाको संख्या ५ लाख ६७ हजार ८ सय जना रहेको छ ।

भत्ता पाउने पूर्ण अपांगको संख्या ३९ हजार ६ सय र आंशिक अपांगको संख्या ६३ हजार २ सय रहेको छ । त्यस्तै भत्ता पाउने लोपोन्मुख आदिवासी जनजातिको संख्या २४ हजार ६ सय र बालबालिकाको संख्या ४ लाख ८६ हजार ३ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता