२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र

२०७५, १९ जेष्ठ शनिबार १४:०३

जेठ १९, बागलुङ (खर्वाङ) | बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र परेको छ । २०६५ सालमा उपभोक्ता समिति गठन गरि काम सुरु भएको सडक, उपभोक्ता समितिको वेइमानी र राजनैतिक खिचातानीको चपेटामा परेको हो । 

२०६७ मा वडिगाड गाउँपालिका वडा नं. २ मा रहेको गिरौंदिखोला लघु जलविद्युत परियोजनाको नहर समेत क्षती गरि जोखिमपूर्ण स्थानसमेत पार गरेपछि सडक निर्माण रोकिएको हो। वडिगाड गाउँपालिकाको वडा नं. २ को डुडेवाचौरको नाका हुँदै सिमलचौर रात्डाँडा भलामी साल्फेद किटेनी हुँदै पाण्डवखानी जोड्ने भनिएको खर्वाङ शिसाखानी पाण्डवखानी सडक विभिन्न स्वार्थवाट सडकको शिर्षक फेरी खर्वाङ रिघा शिसाखानी पाण्डवखानी वनाई बजेट समेत रकमान्तर गरि गरेको खुलेको छ। तत्कालिन जिल्ला विकास समिति बाट तथा संसद विकास कोषवाट प्राप्त रकमलाई रकमान्तर गरिएको हो । 


गत आर्थिक वर्षमा झण्डै ३४ लाख वरावरको काम गरिएपनि चालु वर्षमा कुनै पनि काम हुन सकेन । हाल खर्वाङ बाट दनिया सिमलचौर रात्डाँडा एक्लेपिपल हुँदै एक्ले आँप भन्ने स्थान सम्म सडक पुगेको छ। आयोजना सुरु भएको झण्डै १० वर्षमा झण्डै ६ किलोमिटर खनियको सडक, हरेक पटक साँसदहरुको चुनावी मुद्धा वन्ने गरेपनि काम किन हुन सकेन? सोचनिय वनेको छ । सडक संजालले नछोएको सिसाखानीलाई सवै भन्दा छोटो दुरीमा जोड्ने सडक तथा पाण्डवखानी र त्यस आसपासका क्षेत्रवाट वुटवल संग जोड्ने सवैभन्दा छोटो नाका हुँदा हुँदै पनि किन चुनावी नारा मात्रै वन्छ ? जनताले उत्तर खोजीरहेका छन् । 

हाल पाण्डवखानीवाट किटेनी भन्ने स्थान सम्म सडक जोडिएको छ। मध्यपहाडि लोकमार्ग वाट रिघा हुँदै किटेनी जोडिएपनि दुरी लामो भएकोले जनताले सहज सडक उपयोग गर्न सकेका छै्रनन् । जवसम्म १० वर्ष अघि देखि सुरु भइ अलपत्र परेको गिरौदीखोलाको तिर नजिकको सडक वन्दैन तव सम्म शिसाखान, पाण्डवखानी क्षेत्रका जनताको छोटो तथा सहज यात्राको सपना पुरा हुने छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै