२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खालि–दहवन मोटरबाटोमा आठ लाख थप, कपुरकोटको गाउँसभा असार १० मा

२०७५, १ असार शुक्रबार १३:०१

शंकर के सी,सल्यान, १ असार । सल्यानको कपुरकोट २ खालि हुँदै वडा नम्बर १ को दहवन जोड्ने मोटरबाटोका लागी ८ लाख रुपैयाँ थप भएको छ । शुक्रबार बसेको कपुरकोट गाउँपालिका गाउँकार्यपालिकाको बैठकले ८ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको प्रवक्ता यम कुमार वस्नेतले जानकारि दिए ।

यस अघि गाउँपालिकाले छुट्याएको ५० लाख रुपैयाँले मोटरबाटो निर्माण कार्य जारि छ । र थप रकमले निर्माण कार्य पुरा हुने उनले बताए । यस्तै बैठकले खानीखोला सिन्दुरि मोटरबाटोलाइ ३ लाख रुपैया थप गर्ने निर्णय पनि गरेको छ । यो बाटोमा १० लाख रुपैयाँले काम भइरहेको छ ।

शुक्रबारको कार्यपालिका बैठकले यस अघिको कार्यतालिकालाइ संशोधन गर्दै यहि असार १० गते गाउँसभा गर्ने निर्णय गरेको छ । जसका लागी श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितीको बैठक असार ३ गते, राजस्व परामर्स समितीको बैठक ४ गते बस्ने निर्णय भएको सूचना अधिकारि जीवराज खत्रीले जानकारि दिए । यस्तै वडाको प्राथमिकिकरण बैठक बसि असार ५ गते सम्म योजना तथा कार्यक्रम बजेट सहित छनौट गरिसक्ने तथा असार ६ र ७ गते विषयगत समितीको बैठक बस्ने खत्रीले बताए ।

एकिकृत बजेट तर्जुमा समितीको बैठक ८ गते विहान बस्ने र सोहि दिन दिउँसो बस्ने कार्यपालिकाको बैठकले निती, कार्यक्रम र बजेट अनुमोदन गर्ने कार्यतालिका रहेको उनले बताए । अनुमोदन भएको नीती, कार्यक्रम र बजेटलाइ १० गते बस्ने गाउँसभामा प्रस्तुत गर्ने कार्यक्रम छ । गाउँसभालाइ सम्पन्न पार्नका लागी कार्यविभाजन पनि गरिएको छ ।


 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर