५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती

२ असार २०७५, शनिबार १६:४८

असार २, सुर्खेत । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती पु¥याएको छ । वीरेन्द्रनगरका दर्जनबढी स्थानमा विकास निर्माणका नाममा डोजर आतंकले संस्थाको खानेपानी पाइप लाइनमा लाखौंको क्षती पुगेको हो ।

वीरेन्द्रनगरका विभिन्न भागमा नाली, सडक विस्तार तथा निर्माणका नाममा मनपरी लगाइने डोजरले खानेपानी पाइप लाइनमा क्षती पुगेको छ । नगर भित्रका विभिन्न खानेपानी पाइप लाइनमा टुक्रे विकासका नाममा डोजरले झण्डै ८ लाखको क्षती पु¥याएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । स्थानीय सडक निर्माणका क्रममा स्काभेटर चालकको असावधानीले पाइप लाइन काटिने गरेका छन् । पछिल्ला तीन हप्तामा संस्थाले पाइपलाइनमा ठूलो क्षती ब्यहोर्नु परेको छ । अध्यक्ष देवकोटाका अनुसार वीरेन्द्रनगरको मुलपानी चौक, महिला प्रशिक्षण केन्द्र, क्याम्पस क्षेत्र, गण्डकी टोल, राजमार्ग लाइन लगायतका दर्जनबढी ठाउँमा विछ्याएका पाइपहरुमा क्षती पुगेको हो । सतह ढल निर्माणका नाममा विछ्याएका पाइपमा बढी नोक्सान भएको अध्यक्ष देदकोटा बताउँछन् । ‘समन्वयविना काम गर्दा संस्थाले ठूलो क्षती बेहोर्नु परेको छ’ देवकोटा भन्छन्, ‘नोक्सानी पु¥याएपछि पाइप फुट्यो भनेर खवर आउँछ यस्तो वेथितिका कारण मर्मत सम्भार गर्न मात्रै लाखौंको नोक्सानी भइरहेको छ ।’

केही दिन अघि मात्रै प्रतिसेकेण्ड ८६ लिटर पानी सप्लाई गर्दै आएको झुप्रा खोलाको पाइपलाइनलाई स्काभेटरले सिरेनी खण्डमा फुटाएको थियो । रतु–पारेगाउँ सडक निर्माण उपभोक्ता समितिले सडक निर्माण गर्न स्काभेटर प्रयोग गरेको थियो । सडक निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले ५ लाख रुपैयाँ रकम विनियोजन गरेको हो । सडक निर्माण उपभोक्ता समितिले स्काभेटरको प्रयोग गरेर सडक बनाउँदा पाइपलाइनमा प्वाल परेको थियो । चालक संवेदनशील भएर स्काभेटर चलाउन बारम्बार खानेपानीका पाइप लाइनहरु फुट्ने र काटिने गरेको संस्था बताउँछ । सजिलो ठाउँमा पनि पाइपलाइन ध्वस्त पार्ने कार्य गैरजिम्मेवार रहेको संस्थाका अध्यक्ष देवकोटाले बताए । ‘जहाँ बाटो पनि राम्रो छ, तर सतह ढल निर्माणका नाममा बलमिच्याइँ गरेर पाइपलाइन क्षति गगरिएको छ,’ उनले भने, ‘यस्ता गैरजिम्मेवार कामलाई संस्थाले सहेर बस्दैन, लागत खर्च नतिरे कानूनी बाटो अपनाउने गरी अघि बढेका छौं ।’

जेठ र असारे विकासका कारण संस्थाले विछ्याएको पाइप लाइनमा बढी नोक्सानी हुँदै आएको छ । खानेपानी नियमित नहुँदा सास्ती भोग्दै आएका उपभोक्ता विकास निर्माणको क्रममा पाइप काटिदा थप समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता