२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’

९ असार २०७५, शनिबार ०५:४९

असार ८, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । 

उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको प्रवद्र्धनका लागि शीतभण्डार निर्माणदेखि एनिमल एम्बुलेन्ससम्मको विषयलाई प्राथमिकता दिइएको छ । 

त्यसैगरी केन्द्र र प्रदेश सरकारको नीतिलाई मध्यनजर गरेर कार्यक्रमलाई प्राथमिकता दिएको पनि नगरप्रमुख पाण्डेयले बताउनुभयो । “उद्यमशीलताको विकासबिना हाम्रो समृद्धिको यात्रा सम्भव छैन त्यसैले युवालाई उद्यमशील बनाउने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ”, । 

त्यसैगरी खानेपानी तथा सरसफाइः कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तीय, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सडक तथा पुल, सिँचाइ, भवन तथा शहरी विकास, ऊर्जा, लघु तथा साना जलविद्युत्, सञ्चारलाई समेटिएको छ । यसैगरी उपमहानगरपालिकाबाट दिइने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि इ–गभर्नेन्सको नीतिलाई अवलम्बन गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ