५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा स्थानीय तहद्वारा बजेट विनियोजन

१२ असार २०७५, मंगलवार ०८:११

असार १२, नवलपरासी | पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गरेका छन् । 

सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केही स्थानीय तहले नगरसभामार्फत बजेट सार्वजनिक गरेका छन् भने केही बजेट तर्जुमा गर्ने तयारीमा छन् । 

स्थानीय तहले भौतिक पूर्वाधार, सडक निर्माण, खानेपानी, बाटो, पुल पुलेसालगायतका विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् । 

सुनवल नगरपालिकाले कूल रु ७८ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ रु आठ करोड ६७ लाख तथा बाह्य आयतर्फ रु ७० करोड आठ लाख ४७ हजार बजेट विनियोजन गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । 

यस्तै, सुस्ता गाउँपालिका रु ३९ करोड विनियोजनको तयारीमा छ भने रामग्राम नगरपालिकाले रु ६० करोडको १६ लाख ७१ हजारको बजेट तर्जुमा गरेको छ । 

बर्दघाट नगरपालिका करीब रु ६० करोड बराबरको बजेट तर्जुमा गर्ने तयारीमा छ । चालुतर्फ रु २१ करोड र अरु पूँजीगत खर्चतर्फ खर्च गरी बजेट तर्जुमा गर्ने योजना रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । 

सरावल गाउँपालिकाले रु ४६ करोड ४५ लाख बराबरको बजेट तर्जुमा गर्ने योजना बनाएको छ । चालुतर्फ ६० प्रतिशत र पूँजीगततर्फ करीब ४० प्रतिशत बजेट विनियोजन सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताउनुभयो । 

पाल्हिनन्दन गाउँपालिकाले करीब रु ४४ करोड ४० लाखको बजेट तर्जुमा गर्दैछ भने प्रतापपुर गाउँपालिकाले रु ४८ करोड बराबरको बजेट तयार पारेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता