२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

१७ असार २०७५, आईतवार ०८:०४

असार १७, तुलसीपुर | राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पुर्याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । 

रुकुम, सल्यान र तुलसीपुर, अमेलिया हुँदै नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका विभिन्न ठाउँ जानका लागि सो सडकखण्डमा दैनिक २०० बढी यातायातका सवारीसाधन सञ्चालन हुने गरेका छन् । 

गत साल साउन महिनामा परेको अविर वर्षासँगै खसेको पहिरोका कारण सो सडकखण्ड उच्च जोखिम तथा जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले समयमा ध्यान नदिँदा यस पटक अझै जोखिम मोल्नुपर्ने बाध्यता रहेको बखरियाका स्थानीय पत्रकार देवीराम कुसारीले बताउनुभयो । 

यसपटक जिल्लामा अझै वर्षा नै भएको छैन अहिले नै सो सडकखण्डमा पहिरो खस्ने, ठाउँठाउँमा नाला भत्किनु र सडकमा ठूला खाल्डाखुल्डी रहेका छन् यसले गर्दा गाडी चलाउन समस्या हुने गरेको छ, सो बाटोमा गाडी चलाउँदै आएका चालक रमेश बस्नेतले बताउनुभयो । 

यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले अमिलिया सडक विस्तार गर्न टेण्डर भइसकेको बताउनुभएको छ । 

उहाँले अहिले वर्षात्को समयमा नयाँ बाटो विस्तार गर्दा झन समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो । 

तुलसीपुरदेखि झण्डै २६ किलोमिटरको दूरीमा रहेको अमेलिया नाका क्षेत्रसमेत हो । तुलसीपुर, घोराही तथा लमही सडकखण्डमा पर्ने खोलामा वर्षाको समयमा बाढी आएपछि ती सडक अवरुद्ध हुँदा पनि वैकल्पिक रुपमा तुलसीपुर अमेलिया सडक प्रयोग गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ