२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्यात बढाउन औद्योगिक क्षेत्र व्यवस्थित बनाईने

२०७५, २६ असार मंगलवार १५:४६

असार २६, सुर्खेत | कर्णालीका उत्पादनहरुको निर्यात बढाउन सुर्खेतको औद्योगिक क्षेत्रलाई व्यवस्थित गरिने भएके छ । प्रदेशको राजधानीमा रहेको औद्योगिक क्षेत्रको आवश्यक संरचनाहरुलाई समेत थप गरेर निर्यातमुखि बनाउने लागिएको हो । कर्णाली प्रदेश सरकारकाले संघीय सरकारको समन्वयमा आवश्यक पूर्वाधार तयार गरी  उत्पादन र निर्यात बढाउने योजना प्रदेश सरकारले बनाएको छ ।

कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार वीरेन्द्रनगरको औद्योगिक क्षेत्रको निरीक्षण गर्दै कर्णाली प्रदेशले निर्यात बढाउन नसके उद्योग स्थापनाले मात्र केही नहुने बताए । कर्णालीको समृद्धिका लागि औद्योगीकरण जरुरी भएको भन्दै मन्त्री बुढाले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी निर्यात बढाउनु पर्नेमा जोड दिए । ‘उद्योग स्थापना गरेर मात्रै हुँदैन’ मन्त्री बुढाले भने, ‘स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर उत्पादित वस्तु निर्यातमा पनि ध्यान दिन जरुरी छ ।’ औद्योगिककरण बढाउन सरकारले अद्योगमैत्री वातावरण बनाई लगानी आकर्षित गरिने बताए ।


सरकारले उद्योग स्थापनाका लागि समेत बजेट विनियोजन गरेको भन्दै मन्त्री बुढाले औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुलाई व्यवस्थित गरी नयाँ उद्योग स्थापनाका लागि पनि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्ने बताए । सुर्खेतको औद्योगिक क्षेत्रबाट निस्किने फोहोरव्यवस्थापनका लागि पनि सचेत हुन कार्यालयलाई निर्देशन दिए । ९० रोपनी क्षेत्रफलमा रहेको सुर्खेतको औद्योगिक क्षेत्रमा हाल ४२ वटा उद्योगहरु सञ्चालनमा र ४ वटा उद्योग निर्माणको क्रममा रहेका छन् । यहाँँका २ उद्योग बन्द भईसकेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख जीव नारायण बन्जाडेले बताए ।

औद्योगिक क्षेत्रमा काठ उद्योग ९, पोल्ट्री फर्म ५, खाद्य उद्योग तथा इन्जिनियरिङ्ग ३/३, छापाखाना २, पानी, डेरी, हर्वल, कोल्ड स्टोर, फर्निचर उत्पादन र प्लाष्टिक तथा दाना उद्योग एक/एक ओटा छन् । औद्योगिक क्षेत्रमा सरकारी एक करोड ४४ लाख र निजी क्षेत्रको पाँच करोड लागनी छ ।विभिन्न प्रकृतीका उद्योगहरुले दैनिक विभिन्न सामग्री उत्पादन गर्दै आएपनि विद्युतको समस्या झेल्नु परेको प्रमुख बन्जाडेले बताए । औद्योगिक क्षेत्रमा भरपर्दो कम्पाउण्डतथा सुरक्षाको व्यवस्था नहुन र कच्ची सडकहरुका कारण व्यवस्थापनमा चुनौतीथपिएको कार्यालय प्रमुख बन्जाडेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर