२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ता गाउपालिकाले ३९ करोडको बजेट सार्वजनिक

२०७५, २७ असार बुधबार १६:१९

श्याम थापा | असार २७, सुस्ता | सु्स्ता गाउपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ९१ लाख ७२ हजार को बजेट सार्बजनिक गरेको छ । तेश्रो गाउसभामा उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले आगामी बर्षका लागि बजे प्रस्तुत गर्नुभएको हो ।  बजेटले पुर्वाधार विकार र शिक्षामा विशेष जोड दिएको छ ।

गाउपालिकाले चालु खर्च तर्फ १८ करोड १५ लाख विनियोजन गरेको छ भने पुजीगत तर्फ २१ करोड ७६ लाख ७२ हजार विनियोजन गरेको छ । गाउपालिकाले सवैभन्दा बढि पुर्वाधार विकास तर्फ ९ करोड २५ लाख बजेट विनियोजन गरेको छ । कृषी तथा पशुपालन तर्फ ८४ लाख ९८ हजार, सहकारी तर्फ ५ लाख, उद्योग वाणिज्य तथा प्रोत्साहान तर्फ ५ लाख रकम विनियोजन गरेको छ । 

संस्कृति तथा पर्यटन तर्फ २२ लाख, खानेपानी तथा सरसफाई तर्फ २० लाख, शिक्षा क्षेत्रमा ८ करोड ३१ लाख १५ हजार , स्वास्थ्यमा १ करोड ६४ लाख ९८ हजार विनियोजन गरेको छ । सिंचाई तथा नदि नियन्त्रण तर्फ ७९ लाख ५० हजार, युवा तथा खेलकुद तर्फ १ करोड १ लाख, बन तथा बाताबरण तर्फ २५ लाख, विपद ब्यबस्थापन तर्फ १९ लाख ७८ हजार रकम विनियोजन गरेको छ । 

सेवा प्रबाह तथा संस्थागत विकास सुसासनमा ३३ लाख, लैङ्गिक समानता र सामाजीक समावेशीकरण कार्यक्रम तर्फ ५९ लाख ७२ हजार र विविधमा ५ लाख रकम विनियोजन गरेको छ । गाउपालिकाले नेपाल सरकारबाट शसर्त अनुदान ८ करोड ७० लाख, निशर्त अनुदान तफ्र्र ११ करोड १९ लाख रुपैया गरी कुल ३५ करोड ८० लाख ८ जार प्राप्त गरेको छ । 

राजश्व बांडफांड बाट ७ करोड ६८ लाख २४ हजार प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकारको समानीकरण अनुदान तर्फ ४५ लाख ३६ हजार , शसर्त अनुदान तर्फ ९६ लाख राजश्व वांडफांड बाट ४० लाख २ हजार गरी कुल १ करोड ३६लाख २ हजार प्राप्त हुने अनुमान गरिएको छ । तराई मधेश समृद्ध कार्यक्रम अन्तरगत ४८ लाख प्राप्त हुने र आन्तरीक राजश्व बाट १ करोड ५३ लाख १० हजार आम्दानी गरी १ करोड बचत हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर