२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ता गाउपालिकाले ३९ करोडको बजेट सार्वजनिक

२७ असार २०७५, बुधबार १६:१९

श्याम थापा | असार २७, सुस्ता | सु्स्ता गाउपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ९१ लाख ७२ हजार को बजेट सार्बजनिक गरेको छ । तेश्रो गाउसभामा उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले आगामी बर्षका लागि बजे प्रस्तुत गर्नुभएको हो ।  बजेटले पुर्वाधार विकार र शिक्षामा विशेष जोड दिएको छ ।

गाउपालिकाले चालु खर्च तर्फ १८ करोड १५ लाख विनियोजन गरेको छ भने पुजीगत तर्फ २१ करोड ७६ लाख ७२ हजार विनियोजन गरेको छ । गाउपालिकाले सवैभन्दा बढि पुर्वाधार विकास तर्फ ९ करोड २५ लाख बजेट विनियोजन गरेको छ । कृषी तथा पशुपालन तर्फ ८४ लाख ९८ हजार, सहकारी तर्फ ५ लाख, उद्योग वाणिज्य तथा प्रोत्साहान तर्फ ५ लाख रकम विनियोजन गरेको छ । 

संस्कृति तथा पर्यटन तर्फ २२ लाख, खानेपानी तथा सरसफाई तर्फ २० लाख, शिक्षा क्षेत्रमा ८ करोड ३१ लाख १५ हजार , स्वास्थ्यमा १ करोड ६४ लाख ९८ हजार विनियोजन गरेको छ । सिंचाई तथा नदि नियन्त्रण तर्फ ७९ लाख ५० हजार, युवा तथा खेलकुद तर्फ १ करोड १ लाख, बन तथा बाताबरण तर्फ २५ लाख, विपद ब्यबस्थापन तर्फ १९ लाख ७८ हजार रकम विनियोजन गरेको छ । 

सेवा प्रबाह तथा संस्थागत विकास सुसासनमा ३३ लाख, लैङ्गिक समानता र सामाजीक समावेशीकरण कार्यक्रम तर्फ ५९ लाख ७२ हजार र विविधमा ५ लाख रकम विनियोजन गरेको छ । गाउपालिकाले नेपाल सरकारबाट शसर्त अनुदान ८ करोड ७० लाख, निशर्त अनुदान तफ्र्र ११ करोड १९ लाख रुपैया गरी कुल ३५ करोड ८० लाख ८ जार प्राप्त गरेको छ । 

राजश्व बांडफांड बाट ७ करोड ६८ लाख २४ हजार प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकारको समानीकरण अनुदान तर्फ ४५ लाख ३६ हजार , शसर्त अनुदान तर्फ ९६ लाख राजश्व वांडफांड बाट ४० लाख २ हजार गरी कुल १ करोड ३६लाख २ हजार प्राप्त हुने अनुमान गरिएको छ । तराई मधेश समृद्ध कार्यक्रम अन्तरगत ४८ लाख प्राप्त हुने र आन्तरीक राजश्व बाट १ करोड ५३ लाख १० हजार आम्दानी गरी १ करोड बचत हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य