२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको टरिगाउँ विमानस्थल संचालन हुन्छः सभामुख

८ श्रावण २०७५, मंगलवार १६:४८

साउन ८, तुलसीपुर, दाङ | सभामुख कृष्णबहादुर महराले दाङको अवरुद्ध टरिगाउँ विमानस्थललाई सञ्चालन गराउन आफूले पहल गरेको बताउनुभएको छ । 

आज तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रको विकासका लागि आयोजना गरेको अन्तरक्रियामा उहाँले विमानस्थलको स्तरवृद्धि गर्न र नियमित रुपमा सञ्चालन गर्न आफूले प्रधानमन्त्रीलाई केही समय अगाडि लिखत रुपमा निवेदन दिएको भन्दै महराले केही समयपछि यहाँबाट सरकारी जहाज नै उडाउन आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

उहाँले समग्र दाङको विकासका लागि आफू सधैँ कटिबद्ध रहेको पनि बताउनुभयो । महराले शिक्षा, स्वास्थ्य, बाटो निर्माणलगायत विकासका काममा राज्यको स्पष्ट दृष्टिकोण हुनुपर्ने उहाँको भनाइ छ । 

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले समग्र नगरक्षेत्रको विकासका लागि र सहभागी विभिन्न दलका प्रतिनिधि, संघसंस्था, नागरिक समाज र व्यवसायीका प्रतिनिधिले तुलसीपुर तथा समग्र दाङको विकासका लागि पहल गरिदिन सभामुखसँग माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ