२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा व्यक्तिगत लगानीमै भ्यू टावर निर्माण

२०७५, १३ श्रावण आईतवार ०८:०१

साउन १३, दाङ (रासस) | घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । 

भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । 

“सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हाँै,’’ पुनले भन्नुभयो । बुद्ध जयन्तीका अवसरमा शुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उहाँले बताउनुभयो । भ्यू टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उक्त भ्यू टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यू टावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने भएको छ । 

भ्यू टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताउनुभयो । ‘‘भ्यू टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्ने सकिनेछ”, अध्यक्ष रोकाले भन्नुभयो । भ्यू टावर निर्माणसँगै नमःछु गुम्बा पर्यटकीय रुपमा विकासमा थप टेवा पुग्ने गम्बा व्यवस्थापन समितिले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर