२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माण सुस्तगतिमा, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

२४ श्रावण २०७५, बिहीबार ०६:२२

साउन २४, दाङ | तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । 

सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो खराब हँुदा समस्या हुने गरेको सो रुटमा गाडी चलाउँदै आएका चालक रविन ओलीले बताउनुभयो । 

आफूहरु गाउँबाट जुनसुकै समयमा अटो चढेर तुलसीपुर बजारमा किनमेल गर्न जाने गर्दथ्यौँ तर अहिले बाटोको अवस्था निकै बेहाल हुँदा जान कठिनाइ हुने गरेको स्थानीय घनश्याम चौधरीले बताउनुभयोे । जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको थारु राज दङ्गीशरणको ऐतिहासिक भग्नावशेष दरबारसमेत सुकौरामा नै पर्ने गर्दछ । 

अहिले बाटो समयमा मर्मत तथा कालोपत्रे नगर्दा त्यस भेगका नागरिक र दरबार क्षेत्र हेर्न जाने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत आवतजावत गर्न निकै कठिनाइ रहेको छ । 

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाभित्र स्मार्ट सिटीको चर्चा हरेक 

सार्वजनिक स्थान र चिया पसलमा बहसको विषय बनेको छ । तर स्मार्ट सिटीको अवधारणालाई हरेक गाउँले कच्ची सडक जसले छोटो दूरीमा 

उपमहानगरलाई जोडी रहेका छन् उनीहरुको मर्मत र कालोपत्रे नहुँदा तुलसीपुर 

बजार हिलाम्मे र फोहर बनेको सहजै देख्न सकिन्छ । 

आफूहरुले पटकपटक बिग्रिएको सडकमा ग्राबेल गर्न अनुरोध गर्दासमेत 

सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीलाई त्यहाँका नागरिकले गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । 

तुलसीपुर बजारदेखि १० किलोमिटरको दूरीमा रहेको सो सडक कालोपत्रे निर्माण गर्नका लागि प्यासिफिक बिल्डर्स काठमाडौँले रु छ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०७५ फागुनसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । 

तर हालसम्म सो सडकखण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अहिले तुलसीपुर सुकौरा सडकखण्डको तीन किलोमिटर सडकमात्र कालोपत्रे भएको छ भने बाँकी सात किलोमिटर कालोपत्रे हुन बाँकी नै रहेको छ । 

सडक विस्तार र कालोपत्रेको काम शुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताएपछि स्थानीयवासी झनै चिन्तित बनेका छन् । ठेकेदारले उल्टै ठाउँठाउँमा अवरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरीक्षण गर्न स्थानीयवासी प्रशासनसँग त्यहाँका नागरिकले मागसमेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ