२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माण सुस्तगतिमा, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

२०७५, २४ श्रावण बिहीबार ०६:२२

साउन २४, दाङ | तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । 

सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो खराब हँुदा समस्या हुने गरेको सो रुटमा गाडी चलाउँदै आएका चालक रविन ओलीले बताउनुभयो । 

आफूहरु गाउँबाट जुनसुकै समयमा अटो चढेर तुलसीपुर बजारमा किनमेल गर्न जाने गर्दथ्यौँ तर अहिले बाटोको अवस्था निकै बेहाल हुँदा जान कठिनाइ हुने गरेको स्थानीय घनश्याम चौधरीले बताउनुभयोे । जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको थारु राज दङ्गीशरणको ऐतिहासिक भग्नावशेष दरबारसमेत सुकौरामा नै पर्ने गर्दछ । 

अहिले बाटो समयमा मर्मत तथा कालोपत्रे नगर्दा त्यस भेगका नागरिक र दरबार क्षेत्र हेर्न जाने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत आवतजावत गर्न निकै कठिनाइ रहेको छ । 

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाभित्र स्मार्ट सिटीको चर्चा हरेक 

सार्वजनिक स्थान र चिया पसलमा बहसको विषय बनेको छ । तर स्मार्ट सिटीको अवधारणालाई हरेक गाउँले कच्ची सडक जसले छोटो दूरीमा 

उपमहानगरलाई जोडी रहेका छन् उनीहरुको मर्मत र कालोपत्रे नहुँदा तुलसीपुर 

बजार हिलाम्मे र फोहर बनेको सहजै देख्न सकिन्छ । 

आफूहरुले पटकपटक बिग्रिएको सडकमा ग्राबेल गर्न अनुरोध गर्दासमेत 

सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीलाई त्यहाँका नागरिकले गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । 

तुलसीपुर बजारदेखि १० किलोमिटरको दूरीमा रहेको सो सडक कालोपत्रे निर्माण गर्नका लागि प्यासिफिक बिल्डर्स काठमाडौँले रु छ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०७५ फागुनसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । 

तर हालसम्म सो सडकखण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अहिले तुलसीपुर सुकौरा सडकखण्डको तीन किलोमिटर सडकमात्र कालोपत्रे भएको छ भने बाँकी सात किलोमिटर कालोपत्रे हुन बाँकी नै रहेको छ । 

सडक विस्तार र कालोपत्रेको काम शुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताएपछि स्थानीयवासी झनै चिन्तित बनेका छन् । ठेकेदारले उल्टै ठाउँठाउँमा अवरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरीक्षण गर्न स्थानीयवासी प्रशासनसँग त्यहाँका नागरिकले मागसमेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै