२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

२०७५, २७ भाद्र बुधबार १७:५५

भदौ २७, पश्चिम रुकुम | वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम)को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड आजदेखि सुचारु भएको हो ।

केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर तथा मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनको दोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाइएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । यसअघि पनि पटक पटक पहिरो हटाएर यातायात सेवा सञ्चालन गर्ने गरिएकामा अविरल वर्षाका कारण पुनः पहिरो झरेर अवरुद्ध हुने गरेको थियो । तर अब भने वर्षा कम भैसकेकाले मुसीकोट–रुकुमकोट यातायात सेवा नियमित हुने विश्वास गरिएको छ ।

रुकुम(पश्चिम) र (पूर्व) दुई जिल्लालाई जोड्ने यस सडकखण्डको ठाउँ ठाउँमा वर्खाभर पहिरो झर्ने समस्याका कारण यातायात सेवा अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोगेका छन् । सिस्ने गाउँपालिका– ६ का विभिन्न ठाउँमा मध्यपहाडी लोकमार्गको दोहोरो कटिङ भैरहेका कारण यो वर्ष यात्रुहरुले बढी नै सास्ती भोगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर