२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्गमा कालोपत्र गर्ने काम पुनः सञ्चालन

२०७५, २२ आश्विन सोमबार १०:२७

केदार मगर | असोज २२, खोटाङ | कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । 

वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक अर्ब नौ करोड १९ लाखको लागतमा सम्पन्न हुनुपर्ने दिक्तेल–चखेवा ८८ किलोमिटर सडक समयमा नसक्दा यसको लागत करीब सवा अर्ब पुग्ने भएको छ । यो सडकको चार वटाप्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बरको ०७२ वैशाख २ मा, तीन नम्बरको २०७२ असार १६ मा र चार नम्बर प्याकेजको ०७२ चैत १६ मा दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सम्झौता गरेको थियो । यसमध्ये एक नम्बरको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा अवधि सकिएको छ । 

यद्यपि, सडकको काम भने फराकिलो पार्ने र दायाँबायाँ गाह्रो लगाउनेभन्दा अन्य भएको छैन । चार नम्बरको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी लोल्डेनगुडका ठेकेदार साङ्गे शेर्पाले बताउनुभयो । तीन नम्बर र चार नम्बर प्याकेजको (दिक्तेल–दारुलाचोकसम्मको १८ किलोमिटर ८८–७०) को काम यो आर्थिक वर्षभित्र सकिने शेर्पाले जानकारी दिनुभयो । 

एक र दुई नम्बरको काम भने ७० प्रतिशत मात्र सकिने शेर्पाको भनाइ छ । 

एक र दुई नम्बरको प्याकेजमा ‘स्ट्रक्चर’को काम सकिने निर्माण कम्पनीले जनाएको छ । बाँझेच्यानडाँडा दिक्तेल सडकका लागि आवश्यक सामग्री अपर्याप्तता र पेटी ठेकेदारले गर्दा काममा ढिलाइ भएको जनाइएको छ । यसमा पनि गुणस्तरहीन काम भएकाले पेटीठेकेदारलाई हटाइएको सडक विभागका साइट इञ्चार्ज इञ्जिनीयर भरत आचार्यले बताउनुभयो । यसबाहेक यो सडकमा पर्ने सडक पुल भने नसकिने अवस्थामा छ । 

यो सडकखण्डमा पर्ने नौ पुलमध्ये दुई सकिएको, दुई वटा फागुनभित्र सकिने र अन्य पुल भने कहिले बन्छ भन्ने यकिन छैन । शेर्पाका अनुसार करीब रु तीन करोडको लागतमा निर्माणाधीन साप्सुखोला पुल र करीब रु चार करोडको लागतमा निर्माणाधीन चाम्दा खोलाको पुल फागुनभित्र सकिने छ । 

कालीखोला र लप्से खोलाको पुल भने निर्माण सम्पन्न भएर सञ्चालनमा छ । अन्य दुई पुलको ठेक्का लागेको र तीनवटा पुलको बोलपत्र नै हुन सकेको छैन। तीन खण्डमा विभाजन गरेर कालोपत्र गर्ने काम थालिएको दिक्तेल–हलेसी सडकको दुई खण्ड अन्तिम चरणमा पुगेको छ । हलेसी–बिजुले र बिजुले–हुरलुङ सडक कालोपत्रे अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । 

जिल्लाको प्रमुख मार्ग मानिएको दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । 

एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी काम थालिएको दिक्तेल हलेसी सडक असार मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले जनाएको छ । करीब ७५ करोड रुपैयाको लागतमा साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिने हलेसी–दिक्तेल सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित