२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम वडिगाड महोत्सवको तयारी चल्दै, विभिन्न उपसमित गठन

२०७५, ६ कार्तिक मंगलवार १३:४३

कात्तिक ६, बडिगाड (बागलुङ | प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को तयारी स्वरुप मेला आयोजक समिति र विभिन्न उपसमितिका संयोजक सहितको सचिवालय वैठक खौलारमा सम्पन्न भएको छ। बैठकले महोत्सवको प्रचार प्रसार तथा समन्वय गर्न कार्तिक १० गते भिमगिठे, ग्वालीचौर र खर्वाङ वजार क्षेत्रहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, मेला प्रचारको लागि कार्तिक ८ गते विहान ८ वजे पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरको छ।

कार्यक्रमलाई थप व्यवस्थित गर्न, अतिथि निमन्त्रणा र व्यावस्थापनको लागि गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा, स्वयंसेवक परिचालनमा दिपक वहादुर केसि, खाना तथा वसाई व्यावस्थापनमा राजन पाइजा, खाजा व्यावस्थापनमा मोहन जिसि, यातायात व्यावस्थापनमा ध्रुव घिमिरे, सजावट तथा सरसफाई मा रामचन्द्र खरेल, प्रभातफेरी व्यावस्थापनमा कमल घिमिरे, साँस्कृतिक झाँकी व्यावस्थापनमा समिर पुन, नक्सांकन तथा प्राविधिक व्यावस्थापनमा हरि घिमिरे, वजार अन्तरक्रियामा ढालेन्द्र शेरचन, प्रवेश टिकट व्यावस्थापनमा उत्तम जिसि,  ध्वनी व्यावस्थापनमा धन वहादुर काउचा संयोजक रहेको उपसमितिहरुको गठन गरेको छ।

त्यस्तै महोत्सवमा हुने मुख्य कार्यक्रमहरुको पनि व्यावस्थापन गर्न संयोजकहरु तोकेको छ। जसअनुसार पुरुष, महिला भलिवल प्रतियोगीताको लागि काजिमान गौचन, राष्ट्रिय लोकदोहोरी गित प्रतियोगीताको लागि राम वहादुर कुँवर,  बडिगाड आइडलको लागि कमल पौडेल, सोरठी भैलोको लागि कमल खरेल, खुल्ला साँस्कृतिक कार्यक्रमको लागि टिका पाइजा, खुल्ला रेकर्ड नृत्यको लागि वुद्ध परियार, खुल्ला कविता प्रतियोगीताको लागि निलम कुमार शर्मा, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीताको लागि खिमानन्द आचार्य, म्याराथुन दौडको लागि हितमान शेरचन, शिक्षक कर्मचारी गाउँखाने कथाको लागि अर्जुन खरेल, पुरुष जनप्रतिनिधि घैंटोफोड प्रतियोगिताको लागि यज्ञ घिमिरे, महिला जनप्रतिनिधि कुर्चि दौड प्रतियोगीताको लागि माया केसि, शैक्षिक प्रदर्शनीको लागि दिननाथ पौडेल, सराँय नाच प्रतियोगीताको लागि चेतनारायण आचार्य सहितको टोलीलाई जिम्मा दिने निर्णय गरेको छ।

बैठकले महोत्सव तथा मेलाको अफिसियल मिडियाको रुपमा रेडियो सारथी १०७.४ मेघाहर्जलाई चयन गर्ने निर्णय गरेको छ। त्यस्तै मिडिया पार्टनरको रुपमा रेडियो पुस्पाञ्जली, रेडियो परिवर्तन, रेडियो ढोरपाटन र रेडियो वुर्तिवाङलाई चयन गर्ने निर्णय गरेको छ। त्यस्तै युटुव पार्टनरको रुपमा पौडेल डिजिटल भुवाचिदिलाई छनौट गरेको छ।


बैठकमा वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, सचिवालयका सदस्य तथा विभिन्न उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो। वैठक महोत्सव तथा मेला आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्राईको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।

स्थानिय कला संस्कृति प्रवद्र्धन गर्ने उद्धेश्य सहित खार वजारमा हुने प्रथम वडिगाड महोत्सव २०७५ तथा न्वागी मेलामा अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता समेत संचालन हुँदै छ। जसको लागि सात वटै प्रदेशका समुह सहित नेपाल आर्मि र नेपाल प्रहरी को समुह समेत को सहभागिता रहने कराँते प्रतियोगीताका संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ।

कला, संस्कृति, कृषि र पर्यटन समृद्ध वडिगाडको आधार, प्रथम वडिगाड महोत्सव तथा न्वागी मेला नमुना वडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म खार वजारमा महोत्सव संचालन हुन लागेको हो। महोत्सवले कला संस्कृतिको प्रचार तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर