२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन गुल्मीका लागि कुलमान घिसिङ्ग !

२ मंसिर २०७५, आईतवार १५:००

प्रेम सुनार | मङ्सिर २, बुटवल | डेढ बर्ष  अघि सम्म  विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र विरुद्ध त्यहाँका जनता पटक पटक विरोधमा उत्रिन्थे । पटक पटक बत्ति गई रहने,  ठाउँ ठाउँमा ट्रान्सफर्मर जल्ने, कतै भुई सम्म तार लत्रिने गर्दा त्यस  वितरण केन्द्रको कार्यालयमा कहिले डेलिगेशन, कहिले घेराउ त कहिले आगाजानी सम्मका घटना  घट्ने गर्दथे । 

एक पटक  त आन्दोलन नियन्त्रण गर्न नसकेर प्रहरीले हवाई फायर समेत त्यस कार्यालय अगाडी गर्नु परेको थियो । एक पटक कार्यालय प्रमुख समेत रातारात भाग्नु परेको थियो । तर गत डेढ बर्ष यता कुनै पनि ब्यक्ति बिरोधको भाषा लिएर त्यस कार्यालयमा पुगेको पाईएको छैन । 

सामन्य खराबी आउँदा कहिले काँही केहि बेर बत्ति गए पनि लोड सेडिङ्गको अन्त्य भएको  छ । यसको श्रेय गत एक बर्ष अघि कार्यालय प्रमुखको कार्यभार सम्हालेका ईन्जिनियर नारायण अर्यालाई जाने सरोकारवालाहरु बताउँ छन ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले यसपाली त्यस केन्द्रका प्रमुख अर्यालय आए देखि  यहाँका जनताले विद्युतबाट खेप्नु परेको सास्तीबाट मुक्त भएको बताए ।  उनले भने –‘ जसरी विद्युतको क्षेत्रमा केन्द्रमा कुलमान घिसीङ्गको चर्चा छ त्यस्तै चर्चा गुल्मीमा अर्यालयको हुन थालेको छ ।’

उनले अर्याललाई गुल्मीको कुलमान घिसिङ्गको संज्ञा दिए  ।  गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले पनि अर्यालको कामबारे  प्रशंसा ब्यक्त गर्दछन । बिद्युतका बारेमा पहिला पहिला ब्यबसायीबाट निकै गुनासाहरु आई रहन्थ्यो ’पाण्डेले भने–‘ अहिलेका हाकिम आए पछि बिद्युतका बारेमा  एउटा पनि गुनासा आएका छैन, यस हिसावले उहाँ प्रशंसाको पात्र हुनुहुन्छ ।’

यहाँका राजनैतिक दलका भातृ संगठनले पनि डेढ बर्ष अघि सम्म पटक पटक प्राधिकरण बिरुद्ध आवाज उठाउँने गर्दथे । अहिले ती संघठनहरुले पनि प्रधिकरण बिरुद्ध  एक पटक पनि आवाज उठाएका छैन ।

के गरे अर्यालय आए पछि ?

आर्थिक बर्ष २०७०/७१ सालमा बुटवल क्षेत्रिय कार्यालय संग गुल्मीको विद्युती करणका लागि चार वटा टेण्डर परेका थिए । तर उनि आउने बेला सम्म उक्त टेण्डरको काम अलपत्र परेको थियो । उनले कार्यभार सुरु गरे लगत्तै ती टेण्डरहरुको काम सुरु गरे ।

मेनलाईन र ट्रान्सफर्मर जडान गरेर सके । ३३ केभिए रिडी देखि विरवास सम्मको लाईन क्षमता बृद्धि गरे ।  जम्मा डेढ एमभिए विरवारको शव स्टेशनलाई  ८ एमभिए क्षमता बृद्धि गरे । रेसुङ्गा नगरपालिका भित्रका  काठका पोलहरु विस्थापित गर्दै स्टील पोलहरु गाड्न सुरु गरे ।

नाङ्गा तारहरु हटाएर केवल राख्ने काम गरे ।  उनि आए पछि थप २२ सय ३५ घर धुरीमा बत्ति पुराए ।  सदरमुकाम तम्घासमा अब  १ सय ३२ केभिएको शव स्टेशन निर्माणको काम सुरु गर्दै छन ।  उनि कार्यालयमा कम बस्छन ।  हप्तामा दुई तिन दिन मात्रै कार्यालयमा बस्ने र बाँकी समय अनुगमन र विद्युत मर्मतमा हिड्ने गरेको उनका कर्मचारीहरु बताउँ छन ।

उनि भन्छन–‘  एक जना ईञ्जिनियर साव  ( मेखराज  जोसी ) र  नियमित अनुगमनमा पुग्छौं ।  हामीले यहाँबाट गरेका काम मात्र छैनन केन्द्रबाट परेका टेण्डरहरुको काममा बढि निगरानी पुराउने गरेका छौं ।  हामी आफुले यस्तो गरियो भन्दा पनि नागरिकहरुलाई सहि सेवा दिन सकियो कि सकिएन भन्ने कुरा नै मुख्य हो ।’

उनका अनुसार गुल्मीका राष्ट्रिय प्रशारण लाईनबाट २६ हजार देखि २५ हजार घरधुरीले बत्ति बालेका छन भने २२ हजार घरधुरीले सामुदायिक विद्युतीकरणबाट बत्ति बाल्द छन । साविका ७९ गाविस मध्ये अर्खबाङ्गले मात्र राष्ट्रिय र सामुुदायिक विद्युतिकरणबाट   बत्ति बाल्न  पाएको छैन ।   सो वडाले लघुजलविद्युतबाट बत्ति बाल्दै आएको छ । अग्लुङ्गमा अर्यालय आए पछि बत्ति बालिएको हो ।

केहि दिन अघि गृह जिल्ला आएको श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री गोकर्णराज बिष्टले पनि एक कार्यक्रममा  पछिल्लो चरण बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको काम प्रति सन्तोष ब्यक्त गरेका थिए ।  सेवाग्राहीहरुले पनि उनि आए पछि सन्तोष ब्यक्त गर्दै आएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला