५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

योजनाका रकममा र्याल नचुहाउन कपुरकोटका अध्यक्ष सेनको आग्रह

९ मंसिर २०७५, आईतवार ११:५२

मङ्सिर ९, सल्यान । योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा र्याल नचुहाउन कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ता समितीका पदाधिकारिलाइ आग्रह गरेका छन् ।

आइतबार देखि शुरु भएको योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनले योजनामा र्या ल चुहाउने बानिले गाउँको विकास कहिलै पनि नहुने बताएका हुन् । वडा नम्बर ३ मा गठन भएका योजनाका मुख्य पदाधिकारिहरुलाइ कपुरकोटमा निर्देशन गर्दै अध्यक्ष सेनले भने, ‘तपाइको गाउँठाउँको विकासका लागी उपभोक्ताको पनि लगानी हुनुपर्छ । योजनामा कुनै तलमाथी नहोस्, काम प्रभावकारि भएन भने रकम भुक्तानी पनि हुँदैन र वेइमानी गर्नेलाइ कारवाहि समेत हुन्छ ।’

योजना सञ्चालनको क्रममा गाउँपालिकाका कुनै पनि कर्मचारिले रकम मागेमा वा रकम भुक्तानीमा ढिला सुस्ती गरेमा आफुलाइ जानकारि गराउन सेनले आग्रह गरे । योजना सम्पन्न भएपछि त्यसको संरक्षण, उपयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरु सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउदै यो वर्ष त्यसो नहुने बताइन् । उनले भनिन्, ‘म सबै योजनाको अनुगमनमा आउने छु । अनुगमनमा जे देखिन्छ त्यहि रिपोर्ट गाउँपालिका समक्ष गर्नेछु । त्यसैले इमान्दारीताका साथ गुणस्तरिय काम गर्नुहोला ।’


वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारि जीवराज केसीले उपभोक्ता समितीको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगाएतका विषयमा अभिमुखिकरण गरेका थिए । चालू आर्थीक वर्षमा कपुरकोट ३ मा १४ वटा योजना सञ्चालनमा रहेको वडाध्यक्ष मिन बहादुर सेनले जनाए ।

अन्य वडामा पनि उपभोक्ता समितीका पदाधिकारिहरुलाइ अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता