६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा बिजुली बलेपछि खुशीयाली

१५ मंसिर २०७५, शनिबार ०२:२५

मङ्सिर १५, ठिनी (मुस्ताङ) | हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनको बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । 

लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा पुगेको हो । 

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत् विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । 

अध्यक्ष विष्टका अनुसार विद्युतीकरणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले ५५० थान पोल र १५ किलोमिटर प्रसारणलाइनको तार उपलब्ध गराएको हो । 

वडा नं १, ४ र ५ मा पर्ने चराङ्ग, ४ याराघारा, धेताङग्यामा पनि विद्युतीकरणका लागि ८० प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ । यसअघि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङसम्म मात्र विद्युत् सुविधा पुगेको थियो । 

उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् सुविधा भएपछि उज्यालोका साथै टिभी हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको गाउँ कार्यपालिका सदस्य पेमा सेर्तुन विकले बताउनुभयो । 

मुस्ताङमा विद्युत् वितरण, महसुल सङ्कलन, मर्मत र व्यवस्थापनको काम निलगिरि उपभोक्ता सहकारी संस्थाले गर्दै आएको छ । उपल्लो मुस्ताङको विद्युत् व्यवस्थापन पनि संस्थामार्फत नै गरिने कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता