२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा बिजुली बलेपछि खुशीयाली

२०७५, १५ मंसिर शनिबार ०२:२५

मङ्सिर १५, ठिनी (मुस्ताङ) | हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनको बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । 

लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा पुगेको हो । 

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत् विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । 

अध्यक्ष विष्टका अनुसार विद्युतीकरणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले ५५० थान पोल र १५ किलोमिटर प्रसारणलाइनको तार उपलब्ध गराएको हो । 

वडा नं १, ४ र ५ मा पर्ने चराङ्ग, ४ याराघारा, धेताङग्यामा पनि विद्युतीकरणका लागि ८० प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ । यसअघि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङसम्म मात्र विद्युत् सुविधा पुगेको थियो । 

उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् सुविधा भएपछि उज्यालोका साथै टिभी हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको गाउँ कार्यपालिका सदस्य पेमा सेर्तुन विकले बताउनुभयो । 

मुस्ताङमा विद्युत् वितरण, महसुल सङ्कलन, मर्मत र व्यवस्थापनको काम निलगिरि उपभोक्ता सहकारी संस्थाले गर्दै आएको छ । उपल्लो मुस्ताङको विद्युत् व्यवस्थापन पनि संस्थामार्फत नै गरिने कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै