६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

१८ मंसिर २०७५, मंगलवार ०८:१८

मङ्सिर १८, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । 

बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ । स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् । 

यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् । होटल तथा व्यापारिक संस्थाका चार÷चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् । स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता