२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

५ पुष २०७५, बिहीबार ०७:५८

 पुस ५, पर्बत  (रासस) |  रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । 

मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य रोकिएको छ । २०७४ पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रूख काट्नका लागि अनुमति दिने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने र तार तान्ने काम गर्न समस्या परेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । रूख कटान आदेश नपाएपछि आयोजना वन क्षेत्रमा प्रवेश गर्न पाएको छैन् । 

वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनु पर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा आयोजनाले देखाएकाले बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउने लागतसमेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन सकिने विकल्प छ । तर वनलाई उपलब्ध गराउने उपयुक्त जग्गा खोजी गर्दा भेट्न नसकेका कारण जग्गाका मूल्य निर्धारण गरिदिए सो बापतको रकम उपलब्ध गराउन तयार रहेको आयोजना प्रमुख घोषले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेसन र ३९ किलोमिटर प्रसारण लाइन बनाइरहेको छ । आयोजनाबाट म्याग्दीको ११ वटा सामुदायिक वन क्षेत्र प्रभावित छन् । 

म्याग्दीमा ४७७ ठूला रूख र ९८१ साना बिरुवा काट्नुपर्ने जनाइएको छ । ११४ वटामध्ये हालसम्म ८१ वटा टावर निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेसन पनि निर्माण भइरहेको छ । टावर निर्माण भएको ठाउँमा छ किलोमिटर तार तानिएको छ । 

एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्टस र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको ठेक्का सम्झौताको म्याद छ महीना थप भएको छ । हालसम्म ७० प्रतिशतभन्दा बढी काम भएको आयोजनाले जनाएको छ । 

अनौपचारिक शिक्षामा विद्यार्थी टिकाउन कठिन 

नेपाल सरकारले दुई वर्षअघि शुरु गरेको अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा विद्यार्थी टिकाउनै कठिन हुन थालेको छ । पर्वतको कुस्माबजारस्थित शिवालय माविमा सञ्चालित अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा खाजा खुवाउने समस्याका कारण विद्यार्थी नियमित उपस्थित गराउनै कठिन भएको हो । 

शिवालय माविले अनौपचारिक शिक्षा कार्यक्रम शुरु गरेपछि १९ परिवारका बालबालिका नियमित कक्षा आउने गरेका थिए । मजदूरी गर्ने र राजमार्गमा आउजाउ गर्ने यात्रीसँग पैसा मागेर गुजारा चलाउने केटाकेटीलाई विद्यालयको पहुँचसम्म ल्याउन शुरु गरेको कक्षामा उनीहरु नियमित आउनै मान्दैनन् । यही कारणले विद्यालयले उनीहरुका लागि कक्षामा खाजा खुवाउन शुरु गरे पनि खाजा कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले नसकेपछि विद्यार्थी टिकाउन समस्या भएको प्रधानाध्यापक भुपेन्द्र चापागार्इंले बताउनुभयो । 

“कहिलेकाहीँ स्थानीय व्यवसायीले दुई–चार बोरा चिउरा, चामल र पीठो दिएर सहयोग गर्दा खाजा खुवाउन सकिन्छ,” उहाँले भन्नुभयो, “खाजा नभएपछि फेरि विद्यार्थी खोजेर ल्याउनै मुस्किल हुन्छ ।” सहयोगी दाताहरुले दिएको नगद र जिन्सी दुवै अभाव हुँदा कहिलेकाहीँ खाजा नियमित हुन नसक्दा समस्या हुने गरेको छ । खाजा बनाउन नसक्दा बच्चाहरु भोलिपल्ट स्कूल आउनै नमान्ने प्रअ चापागार्इंले बताउनुभयो । 

बजार क्षेत्रमा मजदूरी गर्ने, पारिवारिक समस्याले नियमित विद्यालय आउन नसक्ने बालबालिकालाई अनौपचारिक शिक्षा दिन २०७४ वैशाखदेखि यस्तो कक्षा सञ्चालन भएको हो । कक्षामा ५ देखि १८ वर्षसम्मका केटाकेटी पढ्छन् ६ महीनासम्म नियमित अध्ययन गरेपछि उनीहरुको क्षमताअनुसार नियमित कक्षामा पठाइन्छ  । “पोहोर २२ जना विद्यार्थी आएका थिए,” प्रअ चापागाईंले भन्नुभयो, “चारजना नियमित कक्षामा गए । अहिले १९ जना अनौपचारिकमै छन् ।” 

बालबालिकाको समय अनुकूल हुने गरी बिहान र बेलुका गरी दुई पटक कक्षा सञ्चालन हुँदै आएको सहयोगी पार्वती सापकोटाले बताउनुभयो । उनीहरुलाई कक्षासम्म नियमित ल्याएर अक्षर चिनाउन निकै मुस्किल परेको विद्यालयले जनाएको छ । सबै बालबालिकालाई घरघरै लिन जानुपर्छ । 

कुश्मा नगरपालिकाले यो विद्यालयमा कार्यरत सहयोगीका लागि बजेट निकासा नगर्दा तलब खुवाउन समस्या परेको छ । बजेट निकासा नभएपछि विद्यालयले अन्य स्रोतबाट पारिश्रमिक दिन नसकेको व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो