६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानमा उत्पादन भएको टिमुरको तेल विदेशमा पनि

३ माघ २०७५, बिहीबार ०६:१९

माघ ३, सल्यान |  सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । 

उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । “गएको वर्षभन्दा यस वर्ष टिमुरको तेलको मूल्य पनि बढेको छ, यस वर्ष टिमुरको तेल प्रतिकिलो रु १७ हजारका दरले ४०० किलो काठमाडौँ पठाइसकेका छौँ”, सञ्चालक न्यौपानेले भन्नुभयो । 

“उद्योग शुरु गर्दा आम्दानी गर्न सकिँदैन की भन्ने चिन्ता भए पनि विगत तीन वर्षमा राम्रो आम्दानी भएको र अहिले जिल्लाभित्रका टिमुर उत्पादन हुने क्षेत्रबाट टिमुर सङ्कलन गरी प्रशोधन गरिरहेका छौँ, उद्योगलाई धान्न सक्ने टिमुरको उत्पादन जिल्लामै हुने भएकाले पनि सजिलो भएको छ”, उहाँले भन्नुभयो । उक्त उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ । 

उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यालयले आर्थिक सहयोगका साथै टिमुर ग्रेडिङ गर्ने उपकरण उपलब्ध गराएको, प्रधानमन्त्री कृषि कार्यक्रम परियोजनाले मसला उद्योगका लागि सहयोग गरेको र घरेलु व्यवसाय सञ्चालन गर्न सबैबाट सहयोग पाइएकाले काममा सहज भएको उहाँले बताउनुभयो । एक क्विन्टल टिमुरबाट चार किलो तेल उत्पादन हुने न्यौपानेको भनाइ थियो । 

यहाँ उत्पादन गरिएको टिमुरको तेल काठमाडौँमा व्यापारीसम्म पठाउने गरिएको र व्यापारीले फ्रान्सलगायतका विभिन्न देशमा तेल पठाउने गरेको अर्का उद्योग सञ्चालक तथा सल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर चलाउनेले बताउनुभयो । “प्रशोधित टिमुर र टिमुरको तेल हामीले चौधरी ग्रुपलाई बेच्ने गरेका छौँ, चौधरी ग्रुपले नै तेल विदेश पैठारी गर्ने र आफूले समेत उपयोग गर्ने गरेको छ”, अध्यक्ष चलाउनेले भन्नुभयो । सल्यानका वनगाड कुपिण्डे नगरपालिकाको ९ र १२ छत्रेश्वरी गाउँपालिकाको १, २ र ४ र बागचौर नगरपालिकाको ७, ८ र १२ वडामा व्यावसायिक रुपमा टिमुर उत्पादन भइरहेको छ । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का