२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुममा कादुरीको लगानीमा गाउँ झिलिमिली

२०७५, ७ माघ सोमबार ०९:१६

माघ ७, रुकुम | जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । 

निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो । आयोजनाबाट गाउँपालिकाका वडा नं ३ र ४ तथा वडा नं ६ को सीमा, काँडा, महत गाउँमा विद्युत् सुविधा पुगेको छ । 

यो आयोजनासहित गाउँपालिकामा अहिले ११ वटा विद्युत् आयोजना छन् । नौ वटा वडा रहेको यस गाउँपालिकामा रहेका ती आयोजनाबाट ४५० दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भइरहेको छ । 

केन्द्रीय प्रशारण नपुगेपनि लघु जलविद्युत् आयोजनामार्फत भए पनि तीन हजार ५३८ घरधुरीमध्ये करीब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । उहाँले गाउँपालिका–४ को तल्लो साकिम, वडा नं ५ को माथिल्लो साकिम र डालिबाङ, वडा नं– ६ को खाम्दै र तमारी तथा वडा नं ८ को पोखरापाटा र नाम्पुमा विद्युतीकरण हुन बाँकी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ