२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारले उखेले दिपायलका सौर्यबत्ती

२०७५, २६ फाल्गुन आईतवार १२:४६

फागुन २६, डोटी (रासस) | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न शुरु गरेका हुन् । 

पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये सात बत्ती झिक्न लागेको मनिङसन कम्पनीका ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका सात बत्तीको रु सात लाख लामो समय बित्दा पनि नदिएपछि झिक्न थालेका हौँ ।” 

दिपायल सिलगढी नगरपालिकाका कार्यालयका तत्कालीन प्रमुख तुलसीप्रसाद आचार्यले उक्त कम्पनीसँग सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न कठिन भएकाले रकम नदिएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले त्यो बेला भुक्तानी दिइएनन्, अहिले हामीसँग रकम छैन, कहाँबाट दिने ।” जिल्ला उद्योग वाणिज्य सङ्घसँग २०७३ फागुन १७ मा नगरपालिकाले रु ३० लाखमा ३० पोलमा सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि सङ्घले उक्त काम २०७३ फागुन ६ गते मनिङसन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । 

कम्पनीले काम गरेवापत दुई पटकको किस्ता गरी रु २३ लाख भुक्तानी पाइसकेपछि अन्य रकम उद्योग वाणिज्य सङ्घलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । ठेकेदारले बत्ती भिक्न लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका बासिन्दा दुःखी हुन थालेका स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।” 

निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने नियमसङ्गतको रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौँ ।” सौर्यबत्तीका कारण रातिको समयमा झिलिमिली हुने प्रमुख व्यापारिक केन्द्र पिपल्लाबजार अब अन्धकार हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म