२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

२०७५, २८ फाल्गुन मंगलवार ०५:३९

फागुन २८, काठमाडौँ | विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौँ र भक्तपुरमा एशियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको रु. ९.६ अर्ब बजेटमा १५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र ११३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको जानकारी दिनुभयो । 

जापान सरकार र नेपाल सरकारको (१२ प्रतिशत)को बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ । 

परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका २३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी रु १४ अर्बमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएको जानकारी दिनुभयो । 

घिमिरेले काभ्रे जिल्लाकोे कूल विद्यालय सङ्ख्या ६९० रहेको, त्यसमध्ये सामुदायिक विद्यालय ५८७ र संस्थागत विद्यालय १०३ रहेको जानकारी दिँदै विनाशकारी भूकम्पले अधिकांश सामुदायिक विद्यालयका भवन पूर्ण क्षति भएको बताउनुभयो । काभ्रे जिल्लामा कक्षाकोठा सङ्ख्या पाँच हजार २१० रहेकामा पूर्णक्षति कक्षाकोठा सङ्ख्या ९५४, अधिकक्षति कक्षाकोठा सङ्ख्या ९१४, सामान्य क्षति कक्षाकोठा सङ्ख्या एक हजार ४८३ र क्षति नभएको कक्षाकोठा एक हजार ८५९ भएको जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा