६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

२८ फाल्गुन २०७५, मंगलवार ०६:११

फागुन २८, काठमाडौँ | भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार काठमाडौँ उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौँ) का परम्परागत सम्पदा बस्तीका स्मारक, पार्टी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन गरिएको छ । 

उपत्यका बाहिर नुवाकोटको साततले दरबार क्षेत्र, गोरखाको गोरखा दरबार क्षेत्र तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिनुभयो । 

सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनःनिर्माणमा बजेट खर्च हुने जनाइएको छ । “यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ”, निर्देशक प्याकुरलेले भन्नुभयो । 

निर्देशक प्याकुरेलका अनुसार भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । प्रत्येक क्षेत्रको अध्ययनका लागि रु २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र रु पाँच करोड बजेट परिचालन हुनेछ । 

“यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ र उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका दरबार क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिनेछ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या