६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : दोहोरो अङ्कको वृद्धि

२८ फाल्गुन २०७५, मंगलवार १३:०५

फागुन २८, काठमाडौँ (रासस) | शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ विन्दुले बढेर २४७.४७ विन्दुमा पुगेको छ । कारोवार रकममा पनि आज उल्लेख्य मात्रामा वृद्धि भएको छ । कूल १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए । 

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ २२.२८, व्यापार ५.३२, होटल २२.९४, विकास बैंक १८.७६, जलविद्युत् ३२.१२, वित्त ५.२१, निर्जीवन बीमा २९.९२, उत्पादन ३२.२९, अन्य ७.६८, लघुवित्त ९.९३ र जीवन बीमा ७७.१७ विन्दुले बढेको छ । 

कारोवारका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १५ लाख ५७ हजार १५९, एनसिसी बैंक रु तीन करोड ११ लाख नौ हजार ४७६, प्रभु बैंक रु दुई करोड ८३ लाख ९६ हजार २०५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु दुई करोड ३४ लाख ४२ हजार १५२, नेपाल लाइफ इस्योरेन्स कम्पनी रु दुई करोड आठ लाख ९५ हजार ६२ को कारोवार भएको छ । 

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था ९.८७, हिमालयन पावर पार्टनर ९.५५, कालिका पावर कम्पनी ८.७९, सानिमा इक्विटी फण्ड ७.४६, नेशनल हाइड्रो पावर कम्पनी ७.२५, अरुण काबेली पावरका शेयरधनीले ६.६३ प्रतिशतले कमाएका छन् । यस्तै, सिपटजन म्यूचल फण्ड १.९२, सगरमाथा इस्योरेन्स कम्पनी १.५०, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था १.३०, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले १.२३ गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या