६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

१४ चैत्र २०७५, बिहीबार ०८:०३

चैत १४, काठमाडौँ (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ । 

यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो । 

हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक, आर्थिक, पर्यटन र शैक्षिक क्षेत्रमा समेत विस्तार भएको चर्चा गर्दै मन्त्री पुनले दुई देशबीच पछिल्ला दिनमा ऊर्जा सहायता र साझेदारीका कार्यक्रम पनि भइरहेका बताउनुभयो । 

माथिको तश्वीरमा: नेपाल–बङ्गलादेश व्यापार मञ्चको बिहीबार राजधानीमा आयोजित बैठकको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन । तस्बिरः प्रदीप राज वन्त, रासस

ऊर्जा क्षेत्रमा भएको नेपाल र बङ्गलादेशबीचको साझेदारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता बहुपक्षीय मञ्चमा पनि सहकार्य भइरहेको बताउनुभयो । “ऊर्जा व्यापार प्रवद्र्धन एवं विस्तारका लागि उपक्षेत्रीय एवम् क्षेत्रीय स्तरमा पनि दुई देशबीच साझेदारी भएको छ,” उहाँले भन्नुभयो । 

नेपालका लागि बङ्गालदेशका राजदूत मास्फी विन्ते शाम्सले बङ्गलादेश र नेपाल आर्थिक विकासको बाटोमा अग्रसर भएको वर्तमान अवस्थामा एकअर्काका विज्ञता, अनुभव र सीप आदानप्रदान हुन जरुरी भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या