९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँका नौ स्थानमा तत्काल आकाशे पुल आवश्यक

१४ चैत्र २०७५, बिहीबार ०९:३६

अच्युत रेग्मी | चैत १४, काठमाडौँ (रासस) | काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । 

नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । यस्तै, लैनचौर, त्रिपुरेश्वर चोक, बालाजु चोक, माइतीघर, शङ्करदेव, बसुन्धरा चोक, ल्होत्से चोक, स्वयम्भू चोक र टेकुमा समेत आकाशेपुल आवश्यक रहेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा सोमबार र मङ्गलबार नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी संस्थासँग उपत्यकाको ट्राफिक सुधारको बारेमा छलफल गरिएको थियो । छलफलमा ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमको बारेमा समेत छलफल भएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको सवारी साधनसँगै आकाशे पुलको आवश्यकता बढेर गएको बताउनुहुन्छ । “जथाभावी बाटो काट्दा दुर्घटना बढ्दै गएको छ, यसलाई रोक्न पनि आकाशे पुल आवश्यक छ”, उहाँ भन्नुहुन्छ । 

महाशाखा प्रमुख पन्त उपत्यकाभित्रका महानगर तथा नगरपालिका र सडक विभागले आकाशे पुल निर्माणका लागि आ–आफ्नो योजना प्रस्तुत गरिसकेको भन्दै ती योजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुहुन्छ । 

हाल काठमाडौँ उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, भोटाहिटी, जमल, वीरअस्पताल, सुन्धारा, पुल्चोक साथै नयाँ बनेका काभ्रे–कोटेश्वर सडक र कोटेश्वर–कलङ्की सडकमा समेत आकाशे पुल निर्माण भएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा आकाशे पुलको आवश्यकता रहेको बताउनुहुन्छ । “नयाँ बन्न लागेका पुल दिगो र टिकाउ खालको हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । पुल निर्माणसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने उहाँको भनाइ छ । 

कोटेश्वरदेखि कलङ्कीसम्म चीन सरकारले बनाएको नयाँबाटोमा दुर्घटना कम गर्न तथा जथाभावी बाटो काट्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ बार लगाउनुपर्र्ने आवश्यकता देखिएको महाशाखाले जनाएको छ । 

काठमाडौँ उपत्यकाभित्र ३०० स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने महाशाखाले जनाएको छ । सिंहदरबारदेखि कमलपोखरीसम्मका २७ स्थान, थापाथलीदेखि कालीमाटीसम्मका २६ स्थान, जनसेवादेखि दरबारमार्गसम्म ४६ स्थान, गौशालादेखि चुच्चेपाटीसम्म २३ स्थान, कोटेश्वरदेखि पेप्सीकोलासम्म २८ स्थानमा जेब्रा क्रसिङ तथा लेन मर्मत गर्नुपर्ने भएको छ । 

यस्तै, जावलाखेलदेखि एकान्तकुना हुँदै शशिभवनसम्म ३० स्थान, ठिमी चोकदेखि सूर्यविनायक हुँदै कमलविनायकसम्म १९ स्थान, कौशलटारदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म ३२ स्थान, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म आठ स्थान, कलङ्कीदेखि थानकोटसम्म १५ स्थान, नयाँ बसपार्कदेखि बूढानीलकण्ठसम्म १३ स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने भएको छ । 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै