२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ह्वीलचियरमा आएको एक समूहले जोरपाटीमा बन्दै गरेको फुटपाथ भत्काइदियो

२०७५, १४ चैत्र बिहीबार १४:४१

चैत १४, काठमाडौँ | काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ । 

ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने नभएका कारण पीक र हतौडाले हिर्काएर फुटपाथ बनाउनका लागि लगाइएको ब्लक भत्काइदिएको हो ।

 

उनीहरुले सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए ।

खगेन्द्र नवजीवनका कारण चुच्चेपाटी–नारायणटार सडकखण्ड अपाङ्गता भएका व्यक्ति ओहोरदोहोर गर्ने प्रमुख बाटो हो ।  डक पूर्वाधार ह्विलचेयर नगुड्ने र अपाङ्गता भएकाले थप सास्ती बेहोर्नुपरेको भन्दै हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पहलमा चन्दा संकलन गरेर चार वर्षपहिले र्याम्प खडा गरिएको थियो ।


अहिले सडक विस्तारका नाममा बल्लतल्ल बनेको र्याम्पसमेत भत्काइएको भन्दै अधिकारकर्मीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका ध्यानाकर्षण गराएका थिए । 

मन्त्री महासेठले सडक बनाउँदा पेटी ह्विलचेयर गुड्न सक्ने, अपाङ्गतामैत्री बनाउन निर्देशन दिए पनि ठेकेदार र सडक विभागका इन्जिनियरले वास्तै नगरेको, पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नै नभएको भन्दै अपाङ्गता भएका व्यक्तिको धैर्यको बाँध टुटेको हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा