२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नबिल ब्यालेन्स फण्ड-२ को १० करोड २० लाख इकाई विहिबारबाट सार्वजनिक निष्काशन हुँदै

२०७६, ४ बैशाख बुधबार १०:३१

बैशाख ४, काठमाडौं। नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई बैशाख ५ देखि सार्वजनिक निष्काशन गर्ने भएको छ। प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको नबिल इन्भेष्टले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

फण्डले निष्काशन गर्ने कुल १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाएर बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणबाट निष्काशन गर्न लागेको हो  ।


लगानीकर्ताले प्रति इकाई १० रुपैयाँको दरमा न्युनतम १०० इकाई र अधिकतम एक करोड २० लाख इकाईसम्मको लागि आवदेन दिन सक्नेछन्। दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । उक्त इकाई छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने बिक्री प्रबन्धक नबिल इन्भेष्ट एण्ड बैंकिङ्गले जनाएको छ ।

कोष प्रवर्द्धक नविल बैंकको रेटिङ 'इक्रा एनपि आइआर डवल ए माइनस' र योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङको 'इक्रा एनपि एएमसी क्वालिटी थ्री प्लस' रहेको छ। दुबै रेटिङले सुरक्षित रहेको संकेत गर्दछ।  नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति पाएको थियो।

घट्दो बजारमा निष्काशन हुन लागेको यस फण्डले न्युनतम पनि ५० प्रतिशत बिक्री गर्न नसकेको खण्डमा भने योजना नै खारेज हुने कानुनी व्यवस्था छ। यद्यपी बैंकले यसअघि जारी गरेर २०७४ चैत २९ गते परिपक्व भएको पाँच वर्षे अवधिको नबिल ब्यालेन्सड् फण्ड १ योजनाले भने २०७५ असार २७ गतेदेखि नै इकाईधनीलाई शतप्रतिशत लाभांश भुक्तानी गरिसकेको छ। नबिल ब्यालेन्स फण्ड २ को इकाई पनि बिक्री हुनेमा कम्पनी विश्वश्त रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडका प्रमुख कार्यकारी अधिकृत सबिर बडे श्रेष्ठले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ