६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुम्बा निर्माणको कामले गती लिदैं, पर्यटकीय केन्द्रविन्दु बन्ने

२२ बैशाख २०७६, आईतवार १६:२६

चिसाङ शेर्पा | बैशाख २२, खोटाङ | धार्मिक तथा पर्यटकीय हिसाबले खोटाङको नुनथलामा निर्माण भईरहेको गुम्बा निर्माणको कामले गती लिन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक ९, भन्ज्याङ संसारीडाँडामा बौद्ध धर्मावलम्बीका लागि निर्मित ‘ला ज्यालो वाङ थोप गुम्बा’ निर्माणको कामले गती लिएको छ । २१ करोड बजेटमा त्यहाँ विशाल गुम्बा निर्माण हुनेछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ सालको १५ लाख बजेट र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानले २०७५ जेठ १६ गतेबाट गुम्बाको जग खन्ने, ढुङगा सोलिङ गर्ने र पिसीसी ढलानको काम सकिएपछि हालै प्रदेश सरकारको करीव १ करोड बजेट र उपभोक्ता समितिको १० लाख श्रमदानबाट बाँकी काम सुरु गर्न लागिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । गत बैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच करीव १ करोड रुपैयाँको सम्झौतापछि गुम्बाको बाँकी काम गर्ने वाटो खुलेको हो । काम दु्रत गतीमा अगाडी बढाउन आवश्यक साम्रगी निर्माण स्थलमा झारिएको र आउने क्रम जारी छ । 

निर्माण सम्पन्न भएपछि धार्मिक रुपमा मात्रै नभइ पर्यटकीय स्थलका रुपमा समेत स्थापित हुने गुम्बा निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भइसकेकोे र काम गरेको प्रतिवेदन बुझाएपछि मात्रै पेश्की दिने भएकाले हाललाई गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका राई तामाङसँग सहकार्य गरी तत्काल बजेट व्यवस्थापन गरेर सिमेण्ट, वालुवा, गिट्टी, रड, ट्याङकी, सावेल, ठेला गाडी, फर्मा लगायतका टेक्निकल सामग्रीहरुको बन्दोबस्त गरिसकिएको ला ज्यालो वाङ थोप गुम्बा निर्माण उपभोक्ता समिति अध्यक्ष महेश तामाङले बताए । लुम्विनीबाट दक्ष जनशक्ति आगामी मंगलबार नुनथला आइपुग्ने र दु्रत गतीमा काम अगाडी बढ्नेछ । काम अगाडी बढेसँगै ८÷१० दिनपछि पेश्की रकम हात पर्ने अध्यक्ष तामाङले सुनाए । 

अब आरसीसी ढलान गरी हात्ती पाइले (पिन्थ लेभल) को काम थालिनेछ । चालू आर्थिक वर्षभीत्रमा पिन्थ लेभल सकेर झ्यालसम्मको काम सकिने जनाइएको छ । २१ करोड लागत स्टीमेटको पञ्च वर्षीय योजना भए पनि बजेट अभावमा झेलिदै चन्दा संकलन, दातृ निकाय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक सहयोगमा सात वर्षभीत्रमा गुम्बा निर्माण भइसक्ने अनुमान गरिएको छ । निर्माण चरणमै कामले दु्रत गति लिनुपर्नेमा काम ढिला भएको थियो । गुम्बा निर्माण थालेको वर्षदिन भन्दा बढी समय गुज्रिए पनि बजेट अभावकै कारण एक वर्षमा करीव एक प्रतिशत मात्रै काम भएको उपभोक्ता समितिले दावी गरेका छन् । प्राविधिक नपाइनु र बजेट अभावकै कारण उल्लेख्य रुपमा काम नभएको हो । अब त्यस्तो नहुने उपभोक्ता समितिले जनाएको छ ।

बौद्ध धर्मावलम्बीहरुका लागि मुख्यतः जन्म, मृत्युको संस्कार गर्न, विवाह गर्न तथा बौद्ध शिक्षा दिनलाई निर्माण गरिएकोे गुम्बाभित्र एक सय वटा सिठोलजोको मुर्ती र अन्य आठवटा गरी १०८ वटा माटोका मुर्ती रहनेछ । दिक्तेल हलेसी सडक खण्डमा पर्ने गुम्बा ६० फिट अग्लो हुनेछ । गुम्बाको अन्तिम भागमा दृश्यावलोकनका लागि विशेष संरचना बनाइने छ । उक्त संरचनाबाट जिल्लाभीत्रका मनमाया राई खानीडाँडा विमानस्थल, लामिडाँडा विमानस्थल, टोड्के, मुढे, रुपाकोट, मझुवागढी, टेम्के, दिक्तेल, सगरमाथा, मकालु हिमाल र तराईका फाँटहरुको अवलोकन तथा छिमेकी जिल्लाहरुलाई नाङगो आँखाले हेर्न सकिनेछ ।

धार्मिक तथा पर्यटकीय हिसाबले गुम्बा केन्द्रविन्दु बन्दै गएपनि नगरपालिकाभीत्र पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरु सहितको नगरपालिकाले भर्खरै निकालेको हाते ब्रुसरमा उक्त गुम्बा अटाइएको छैन । नगरपालिकाले हलेसीमा आउने पर्यटक तान्न नौ लाख बजेटमा हलेसीमा पर्यटन सूचना केन्द्रको स्थापना गर्दै नगरपालिकाभीत्र पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो सहितको हाते ब्रुसर छापेको थियो । ब्रुसरमा दिक्तेलबजार, बुधेशवर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढी आखाँ पोखरी, साप्सुढाप निर्मलीडाँडा, सीतादेवी मन्दिर बुईपा, निर्माणाधिन बगरे भञ्ज्याङ, पञ्चेदोबाटो, साकेलाथान सोल्मा, सहदेउगढी बुईपा विजयखर्क र रुवालुङ झरनाको मात्रै फोटो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या