जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहज बन्दै नारायणघाट मुग्लिन सडक (१५ मिनेटको भिडियोमा हेर्नुहोस्)

३ जेष्ठ २०७६, शुक्रबार ०१:३७

जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै नियन्त्रणमा आएको छ । ठाउँ-ठाउँमा स्पिड ब्रेकर राखिएको र त्यसले यात्रा गर्नेहरुलाई केहि झन्जटिलो र अफ्ट्यारो पार्ने भएपनि त्यसले दुर्घटना न्यूनीकरणमा धेरै हदसम्म नियन्त्रण गरेको छ । 

अहिले यो सडक एसियन Highway Standard को साबिकको भन्दा झण्डै दुई गुणा चौडा ( ९ देखि ११ मिटर) को बनेको छ । भौगोलिक कारण कहिँ कतै अलि अफ्ट्यारो भए पनि त्यसलाई प्रयाप्त सडक निर्देशन वोर्डहरुले सहज बनाइदिएको छ । दिनमा मात्र नभई रातमा पनि यो क्षेत्रमा यात्रा गर्दा अहिले सहज भएको छ । प्रयाप्त सडक संकेतहरुले यात्रालाई सहज बनाइदिएको चालकहरुले बताएका छन् । यसमा एउटा सवारी बिग्रिएर छेउमा पार्किङ्ग गरेर पनि दुईतर्फी सवारी सन्चालन सहजै हुन्छ । पहिले एउटा सवारी बिग्रिंदा केहि घण्टासम्म जाम पर्ने गरेकोमा अहिले निर्वाध यात्रा गर्न सकिन्छ । 


पहिले उकालो, ओरालो र काट्न नसकिने साँघुरा घुम्तीले सवारीको यात्रा निकै कष्टकर हुनेगर्दथ्यो भने अहिले बनेको सडकको बढीमा grade 7% मात्र छ भने Minimum radius of curve 35m रहेको छ । यसले गर्दा ठूला र लामा सवारी साधन पनि सहजै यो सडकमा गुड्न सक्छन् । 

एहंको भौगोलिक क्षेत्रनै यस्तो कठिन अवस्थाको छ कि यहाँ चार लेंक्को सडक बनाउन निकै गाह्रो छ । सडकको लागि जति खन्यो त्यहि आधारमा भीर बन्न जाने हुनाले ठूला पहिरोले निकै समस्या दिने सक्ने हुँदा अहिले यो सडक दुई लेनको मात्र छ । त्यसो त सरकारले ४ लेनको सट्टा पारीपट्टि अर्को दुई लेनको बाटो बनाउने लक्ष्य लिएको हुँदा यो सडक भविष्यमा थप सहज हुने विश्वास छ । मुग्लिन–काठमाडौँ सडक खण्डको विद्यमान सडकलाई बढाउन सक्ने सम्भावना नदेखिएपछि त्रिशुली पारी नयाँ सडक बनाउनेबारे सम्भाव्यता अध्ययन गरिने बताईएको छ । जसको लागि सम्भाव्यता अध्ययनको काम छिट्टै हुने भनिएको छ । दुई लेन सडक थप गर्न प्रतिकिलोमिटर १५ देखि २० करोड रुपैयाँ लाग्ने अनु्मान गरिएको छ ।  

यदी नारायणघाटदेखि काठमाडौंसम्मको १ सय १० किलोमिटर सडक चार लेनका रूपमा विकसित हुने हो भने अति व्यस्त यो सडक निकै सहज हुनेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या