२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटपछी के-के सामान महंगीदैछन् ? सामान किनेर बिल नलिनेलाई पनि जरीवाना गरिदै

२०७६, १६ जेष्ठ बिहीबार १३:४८

जेठ १६, काठमाडौं । बुधबार सार्वजनिक भएको आर्थिक वर्ष ०७६/७७ को बजेटसँगै देशको आर्थिक सवालमा धेरै प्रश्नहरु उठेका छन् । यसपटकको बजेटले सडक सुधार शुल्क, भन्सार, कृषि सुधार शुल्क, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आयकर कर लगायतका शीर्षकमा सामान्य हेरफेर गरेको छ । आगामी आर्थिक बर्षदेखि भ्याटको दायरा समेत बढ्ने भएको छ । 

बजेटमा पपुलिष्ट केहि बिषय समेटेको र मुख्यत: बृद्धभत्ता तथा सरकारी कर्मचारीलाई तलब बढाइएको कारण त्यसलाई थेग्नेगरि पहिले बिभिन्न सामान खरिदमा भ्याट नलाग्ने अवस्थामा अब भने लाग्ने भएको छ । इन्धनको भाउ १ रुपयाँले बढ्ने भएको छ । मदिरा तथा चुरोट, अन्य सूर्तिजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्कको दर पनि बढेको छ । बजेटको प्रभावले कुखुराको मासुमा लाग्ने भन्सार १० प्रतिशत मात्र रहेकोमा बढाएर ३० प्रतिशत पुर्याईएको छ । 

त्यस्तै दूध र दुग्धजन्य उत्पादन, चिनी, चकलेट र बिस्कुट पनि बजेटको प्रभावले महंगीने निश्चित छ । जसको आयातमा लाग्दै आएको भन्सार तथा अन्त शुल्क बढाइएको छ । अन्तःशुल्क बढेपछि अब यी वस्तुहरु स्वत: महंगिने भएको छ । त्यस्तै जस्तापाता आयातमा लाग्ने भन्सार थप ५ प्रतिशतले बढाइएको छ । पहिले यसमा १५ प्रतिशत रहेको थियो । त्यस्तै मोबाइल फोनको अन्तशुल्क ५ प्रतिशतबाट घटाएर साढे दुई प्रतिशतमा झारिएको छ ।

सरकारले आगामी आर्थिक बर्षदेखि ४ लाखसम्मको आयमा कर नलगाउने भएको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्मको कर नलाग्ने सीमा थियो । त्यस्तै दम्पत्ति तर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँबाट ४ लाख ५० हजार पुगेको छ । 

त्यस्तै सरकारले विदेशबाट दूधजन्य पदार्थ, अन्डा, मह, कोदो फापर, जुनेलो, चामल, कनिका, मैदा, आँटा तथा पिठो, जडीबुटी, उखु र वनस्पतिजन्य उत्पादन आयात गर्दा भन्सार बिन्दुमै २ दशमलव ५ प्रतिशत अग्रिम कर तिर्नुपर्ने हुन्छ । अग्रीम करसँगै यी वस्तुको मूल्य पनि बढ्न सक्ने देखिएको छ । 

त्यस्तै सरकारले बजेटमा प्रस्तुत भए अनुसार अब वस्तु तथा सेवा बेच्दा बिल नदिए १० हजार जरिवाना लगाइनेछ भने बिल नलिनेलाई १ हजार जरिवाना तिराइने छ । त्यस्तै वस्तु वा सेवा नबेची बिल जारी गरेको पाईएमा ६ महिना कैद सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा