७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ: खानेपानीको धारामा मिटर जडान

१ असार २०७६, आईतवार १५:५४

चिसाङ शेर्पा | असार १, खोटाङ | खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको एकवटा स्थानीय तहमा खानेपानी संचित गर्नलाई खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीको मुहानहरु निश्चित हुनु र भएका मुहानहरु पनि सुक्ने स्थितीमा पुगेकाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खामा पहिलोपटक धारामा मिटर जडान गरिएको हो । स्थानीय तह आएसँगै यो काम जिल्लामा पहिलो भएको छ । 

उपभोक्ताहरुले व्यक्तिगत रुपमा खरीद गरेर मिटर जडान गरिएको हो । जसका लागि खानेपानीको ट्याङकीबाट धारामा जडान गरिएको मिटरसम्म पुग्ने पाईप भने गाउँपालिकाले खरिद गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा २० लाख र आव २०७५/७६ मा १२ लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग तथा ७ लाख ७८ हजार ४६८ रुपैयाँ जनश्रमदानमा याम्खाको रातमाटामा निर्माण गरिएको ७० हजार लिटर क्षमता भएको पानीट्याङकी आइतबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । ट्याङकी ढाल्नेफेद टुकुरेखोला खानेपानी आयोजनाले निर्माण गरेको हो । पानीट्याङकी उदघाटनसँगै पहिलो चरणमा मिटर जडान गरिएका ४२ घरधुरीमा खानेपानी पानी पुगेको छ । 

याम्खाका ८४ घरधुरी लाभान्वित हुनेगरी सुरु गरिएको आयोजनाबाट पहिलो चरणमा ४२ घरधुरीमा मिटर जडान गरिएको, १५ घरधुरीको मिटर आए पनि त्यसको सबै सामान नआएकाले जडान कार्य अगाडी नबढेको आयोजनाका अध्यक्ष बलजित राईले बताए । मिटरका सामान आएमा भोली पर्सी नै जडान गरिने र अन्य वाँकी घरधुरीमा पनि मिटर आउनासाथ जडान गरिनेछ । मिटर जडान गरिएसँगै उपभोक्ताहरुले न्युनतम शुल्क बुझाउनुपर्ने छ । अध्यक्ष राईले भने, ‘गरिब र निमुखाले पानी खान पाउन भन्ने हो तर, व्यापार हैन । खानेपानी आयोजनाको रेखदेख गर्ने कर्मचारी पाल्नका लागि मात्रै न्यनतम शुल्क निर्धारण गरेका हौ ।’

खानेपानी उपभोग गरे वापत न्युनतम शुल्क कती तिर्ने भन्ने उपभोक्ताहरुसँग बसेर तोकिनेछ । मिटरबाट पानी वितरण गरिने सिस्टम लागू भएपछि उपभोक्ताले आवश्यकता अनुसार पानी चलाउने र अन्य समयमा जस्तो पानीको काम नहुंदा पनि पानी छोडीरहने समस्या टर्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । पानीको मुहानहरु निश्चित हुनु, खडेरीले मुल सुक्दै जानु, मुहानहरु नपाउनुजस्ता कारणले गर्दा पनि मिटर सिस्टम लागू गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । सञ्चालन भईरहेको योजनालाई थप सुधार गरेर लगिने उहाँको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी