2026-07-10 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकले मौद्रिक नीति बनाउदै

2019-06-24

असार ९, काठमाडौँ | देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् । मुद्रास्फीति घटाउने तथा आर्थिक वृद्धि दर बढाउनेमा केन्द्रित रहेर दीर्घकालीन सोचका साथ केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको उनले बताए । 

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देशको अर्थतन्त्रलाई उकास्ने, बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या हुन नदिने, वित्तीय सुशासन कायम गर्ने दीर्घकालीन दृष्टिकोणका साथ मौद्रिक नीति बनाइँदै आएको बताउनुभयो । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर ‘आइबिएन न्यूज मिडिया एण्ड रिसर्च’नामको संस्थाले आज ललितपुरमा आयोजना गरेको छलफलमा उहाँले जनताको निक्षेपको पूर्ण सुरक्षा गर्दै उत्पादनशील क्षेत्रमा त्यसको सदुपयोग गर्ने विषयलाई बढावा दिनु मौद्रिक नीतिको मूल लक्ष्य र उद्देश्य हुने बताउनुभयो । 

नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जाको ब्याज घटाउन आफूहरू लागिपरेको तथा कृषि र जलविद्युत् क्षेत्रमा केन्द्रीय बैंकको निर्देशनबमोजिम लगानी गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष एवं आइबिएन न्यूज मिडिया एण्ड रिसर्चका प्रबन्ध निर्देशक हृदयराज गौतमले लगानीयोग्य रकमको अभावमा व्यवसाय विस्तारमा समस्या भएको उद्यमी–व्यवसायीका गुनासालाई केन्द्रीय बैंकले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल