२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिरुम नगरपालिकाको बजेट रु ८३ करोड ८७ लाख

२०७६, १० असार मंगलवार १५:४०

असार १०, खोटाङ (रासस) | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु ८३ करोड ८७ लाख १६ हजार बराबरको अनुमानित वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित तेस्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख विणादेवी राईले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । 

बजेटको स्रोतबारे जानकारी दिँदै उपप्रमुख राईले सङ्घीय सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ५६ लाख, प्रादेशिक सशर्त कार्यक्रमतर्फ रु दुई करोड २५ लाख, चालू खर्चतर्फ रु १२ करोड ५६ लाख ७७ हजार ३९ र वडागत चालूतर्फ रु ९६ लाख ३६ हजार, कार्यालयका लागि पूँजीगत खर्च रु ६५ लाख, विशेष कोषतर्फ रु ४५ लाख, सङ्घीय तथा प्रदेश सरकारको सहलगानीमा सञ्चालन हुने आयोजनाका लागि समपुरक कोषतर्फ रु दुई करोड ५० लाख र सङ्घ र प्रदेशबाट प्राप्त निर्माणाधीन योजनाका लागि भुक्तानी दिन बाँकी रु एक करोड ८२ लाख ३२ हजार १६ विनियोजन गरेको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । 

विषयगततर्फ पूर्वाधार विकास क्षेत्रमा विभिन्न आयोजनाको डिपिआर निर्माणका लागि रु ५० लाख, क्रमगत आयोजनाका लागि रु चार करोड, यलम्बर पार्कका लागि रु दुई करोड ६५ लाख, वडास्तरीय पूर्वाधार विकासतर्फ रु दुई करोड ९८ लाख ८७ हजार विनियोजन भएको छ ।

सामाजिक विकासतर्फ सामाजिक सुरक्षाभत्ता रु १६ करोड, उपप्रमुखसँग महिला कार्यक्रमका लागि रु ५० लाख, शैक्षिक सुधारका लागि रु २३ करोड ८६ लाख ५३ हजार, स्वास्थ्य क्षेत्रको लागि रु चार करोड ८९ लाख २१ हजार, वडास्तरीय सामाजिक विकासतर्फ रु एक करोड ४५ लाख ७२ हजार ७०४ विनियोजन भएको छ । 

आर्थिक विकास क्षेत्रका लागि रु दुई करोड ९९ लाख ४५ हजार, वन वातावरण तथा सरसफाइतर्फ रु ३३ लाख १९ हजार ११४ र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि रु २० लाख ८९ हजार ८४८ विनियोजना गरिएको छ । 

दिगो र गुणस्तरीय पूर्वाधार विकास, उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने, विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने, नगरपालिकाद्वारा प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने, समृद्ध, समुन्नत र अर्गानिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने लक्ष्यकासाथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“विकासका पूर्वाधार विस्तार र पहुँच बस्तीस्तरसम्म पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “संस्थागत विकास र सेवा प्रवाहका क्षेत्रमा क्षमता विकास गर्ने लक्ष्यका साथ हामीले बजेट तथा कार्यक्रम तयार पारेका हौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी