२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई आईएसओ ९००१:२०१५ मान्यता

२०७६, १८ असार बुधबार ०९:१७

असार १९, काठमाण्डौं । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । केन्द्रले ६ जेठमा आईएसओ ९००१:२०१५ प्राप्त गरेको हो । प्रमाणपत्र प्राप्त भएपछि नेपालमै तालिमको आन्तरिक गुणस्तर बढ्ने र अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त हुने केन्द्रका तालिम प्रमुख दामोदर रेग्मीले बताए ।

सार्वजनिक वित्तका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि २०३७ सालमा अर्थ मन्त्रालय अन्तर्गत विभाग स्तरको संस्थाका रुपमा केन्द्र स्थापना भएको हो ।

केन्द्रले स्थापनाकालदेखि नै यस क्षेत्रमा कार्यरत जनशक्तिलाई सेवा प्रवेश, सेवाकालीन तथा अल्पकालीन तालिम सञ्चालन गर्नुको साथै जनशक्ति विकासलक्षित विविध गतिविधि गर्दै आएको छ । केन्द्रद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमलाई गुणस्तरीय एवं विश्वसनीय बनाउन तथा लाभग्राहीको आवश्यकताबमोजिम आफ्ना क्रियाकलापलाई परिष्कृत गर्दै लान तालिम केन्द्र लागिपरेको बताएको छ ।

आईएसओ प्राप्त गरेर तालिम केन्द्रको तालिमलगायतका अन्य कार्यक्रममा गुणस्तरसम्बन्धी मापदण्डले अपेक्षा गरेका गुण सूचक परिपालना गरेको विषय प्रमाणीकरण भएको केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो