७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

८ श्रावण २०७६, बुधबार ०२:५०

साउन ८, खोटाङ (रासस) | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको स्थानीयवासीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

केन्द्रबाट बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरीय योजनालाई लत्याइएको भन्दै वडा नं २ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा नं ३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राई, वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिष्कारको घोषणा गरेका थिए । उनीहरुले नगरसभा बहिष्कार गरेको हप्ता दिनपछि मङ्गलबार दिउँसो करीब एक घण्टा धर्ना दिएका हुन् ।

चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आव २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राखे पनि बेवास्ता गरिएकाले धर्ना दिइएको वडा नं ७ का वडाध्यक्ष राईले बताउनुभयो । सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनीहरुको जिकिर छ ।

आफ्नो मागलाई बेवास्ता गरेपछि आफूहरु असार ३१ गतेको चौथो नगरसभा टुङ्गिनुअगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताउनुभयो । चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान ६ बजेदेखि ७ बजेसम्म हलेसीमा र दिउँसो १ बजेदेखि २ बजेसम्म च्यास्मिटारमा एक/एक घण्टा चक्काजाम गर्ने जनाएका छन् । 

नगरप्रमुख राईले वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताउनुभएको छ । “विरोधका लागि विरोध हो भने त्यसको कुनै औचित्य छैन”, उहाँले भन्नुभयो, “महालेखा परीक्षकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले सार्वजनिक गर्ने हो । तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छु । रह्यो वार्षिक प्रगति समीक्षा । उहाँहरुसमेतको सहभागितामा बसिएको कार्यपालिकाको बैठकले साउन महीनाभित्र गर्ने निर्णय भएको छ ।” 

नगरप्रमुख राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुहुन्छ । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या