२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमले ल्यायो मिस्ड कल अलर्ट सेवा, अब जुनसुकै समयमा पनि फोन कल नछुट्ने

२०७६, १८ भाद्र बुधबार १२:०४

भदौ १८, काठमाडौं | तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन । 

नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराइरहेको छ । यो सुविधाको प्रयोग गरेमा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्नुहुनेछ ।  नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ ।

यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ । 

यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ । 

यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट https://www.ntc.net.np/pages/view/missed-call-alert-mca मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै