2026-07-01 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर, कसको कति पुग्यो ?

2019-09-13

भदौ २७, काठमाडौं | सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि अर्थले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ । चालु आवको बजेटले जेष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता १ हजारबाट २ हजार पुर्‍‍याएको थियो । ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले १ हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुगेको छ । यसबाहेक साविक कर्णाली अञ्चलका ६० वर्ष नाघेका जेष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर

जेष्ठ नागरिक मासिक : २ हजार रुपैयाँ , एकल र विधवा महिला मासिक : २ हजार रुपैयाँ, पूर्ण अपाङ्गता भएका मासिक : ३ हजार रुपैयाँ, अति अशक्त अपांगता मासिक : १६ सय रुपैयाँ, लोपोन्मुख आदिवासी जनजाति मासिक : ३ हजार रुपैयाँ, बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ४ सय रुपैयाँ, ७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ