७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शान्ति सेनामा जाने सिपाहीले भत्ता बढ्यो, मासिक १ लाख २७ हजार रुपैयाँ पाउने

३१ भाद्र २०७६, मंगलवार ०७:३८

भदौ ३१, काठमाडौँ | नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ | सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो।

सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर (१ लाख २७ हजार रुपैयाँ) कायम गर्ने निर्णय गरेको हो।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। अब एक हजार ३९९ अमेरिकी डलर पाउनेछन् |

वृद्धि गरिएको भत्तादर असोज १४ (अक्टुबर १) देखि लागू हुने नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।

विश्वका ४३ वटा मिसनमा  अहिलेसम्म लाख २७ हजार ३९० जना नेपाली सैनिक गएका छन्। द्वन्द्वग्रस्त मुलुकमा  शान्ति स्थापनामा खटिएक ६५ जना नेपाली शान्ति सैनिक ज्यान गुमाएका छन् भने ६६ जना गम्भीर घाइते भएका छन्।

शान्ति सैनिकमा योगदान गरेबापत् संयुक्त राष्ट्र संघबाट नेपाली सेनाले पाउने रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको हो। २०३२ सालमा एक करोड २४ लाख रुपैयाँ राखेर स्थापना भएको कोषमा अहिले ४४ अर्ब रुपैयाँ छ। ठूलो संख्या शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौं नम्बरमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या