२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा खेलमैदान निर्माणका लागि मागपत्र पेश

२०७६, ९ आश्विन बिहीबार ०६:१४

चिसाङ शेर्पा | असोज ९, खोटाङ | खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि प्रदेश सरकारसँग मागपत्र पेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माण भईरहेको ‘मझुवागढी रणजितमान राई खेलमैदान’का लागि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष बुधबार मागपत्र पेश गरिएको छ ।

खेलकुदलाई प्राथमिकता दिनलाई जेठमा सिलान्यास भई निर्माणधिन खेलमैदानलाई आवश्यक वजेटको माग गर्दै खोटाङका प्रदेश सांसद रामकुमार राई पासाङ, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ लगायतको नेतृत्वमा मागपत्र पेश गरिएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । सोही अनुरुप बिहीबार (आज) मुख्यमन्त्री समक्ष समस्या राखिने र पछि संघीय सरकार समक्ष समेत खेलमैदानलाई आवश्यक बजेट माग गरिने वडाध्यक्ष राईले जनाए ।

हाल वडा कार्यालयको बजेटबाट काम भईरहेको खेलमैदानको डिपिआर बन्ने क्रम अन्तिममा पुगेको छ । बजेट अभावकै कारण राजेन्द्र राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति निर्माण गरेर सहयोग समेत संकलन भईरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म