७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएनएको नवौं विश्व सम्मेलन शुरु, नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

२८ आश्विन २०७६, मंगलवार ०९:०७

असोज २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । राजधानीमा सुरु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासमा नेपालको विकासमा गैर आवासीय नेपालीलाई लगानी गर्न आग्रह गरेकी हुन् । 


उनले विश्वको जुनसुकै कुनामा पुगेपनि एउटा नेपाली सधैंको लागि नेपाली हुने भन्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप र साधन मुलुकको विकासका लागि खर्च गर्नुपर्नेमा जोड दिइन् । देशभक्ति र मातृभूमि प्रतिको माया भौगोलिक सीमाभित्र मात्र सिमित नहुने भन्दै उनले वर्तमान सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, दक्षताको सदुपयोग गर्न ब्रेन गेनको अवधारणा अगाडी सारेकोले त्यसमा योगदान गर्न आग्रह पनि गरिन् ।

राष्ट्रपति भण्डारीले स्थापनाको डेढ दशकमा गैर आवासीय नेपाली संघले मुलुकको विकास तथा विपद्को समयमा गरेको मद्धतको प्रशंसा गरिन् । उनले नेपालको पूर्वाधार विकास, शैक्षिक उन्नयनमा गैर आपासीय नेपालीले ठूलो योगदान गरिरहेको भन्दै यसको निरन्तरताका लागि आग्रह गरिन् ।


सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिकता ऐन तथा गैर आवासीय नेपाली ऐनमा परिमार्जनको प्रकृया शुरु भइसकेको जानकारी गराउँदै छिट्टै गैर आवासीय नेपालीले उठाउँदै आएको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने बाटो खुल्ला हुने बताए ।  गैरआवासीय नेपालीको ज्ञान, सीप, पुजी र प्रविधीको अधिकतम प्रयोग गरि नेपालको आर्थिक विकासमा जोड्नुपर्नेमा उनले जोड दिए । 

नेपाल उध्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भिजिट नेपाल २०२० लाई सफल बनाउन संघको भुमिका महत्वपूर्ण हुने बताईन् । संघका पुर्व अध्यक्ष शेष घलेले नेपालीको रुपमा गैरआवासीय नेपालीलाई विश्वमा चिनाउन चाहेको बताए । उनले हालसम्म नेपालमा गरेको लगानी नाफा भन्दा भावनात्मक रुपमा रहेको बताए । सम्मेलनमा संघका अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालमा गरेका कामको जानकारी गराएका छन् । 


'म, मेरो एन आर एन ए र मेरो नेपाल' मूल नाराका साथ शुरु हुने सम्मेलनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सहमतीय प्रयासमा नेतृत्व चयन प्रक्रिया हुन सम्भव नभएपछि अन्तत: कुल १२ पदमा ४२ जनाको लागि निर्वाचन हुने देखिएको छ। संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । 


सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरू भएको हो । सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल