७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व भोकमरी सूचकांक २०१९ मा नेपाल ७३ औं स्थानमा

२९ आश्विन २०७६, बुधबार ०४:२७

असोज २९, काठमाडौं । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) मा नेपाल गत वर्ष भन्दा एक स्थान तल झरेको छ । ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको २०१९ को सूची अनुसार विश्वका एक सय १ सय १७ देशमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सन् २०१६ देखि २०१८ सम्म नेपाल निरन्तर ७२ औं स्थानमा रहेको थियो ।

विश्वव्यापी रुपमा पोषण र खाद्य अवस्थाको विश्लेषण गर्ने ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) २०१९ ले यो सूची सार्वजनिक गरेको हो । दक्षिण एसियाली मुलुकमध्ये श्रीलंका ६६, बङ्गलादेश ८८, पाकिस्तान ९४, भारत १०२ र अफगानिस्तान १०८ नम्बरमा रहेका छन् । भारतलाई पाकिस्तान, बंगलादेश तथा श्रीलङ्काले समेत उछिनेका छन्। ग्लोबल हंगर इन्डेक्सको पछिल्ला ५ वर्षको तथ्यांकअनुसार भारतमा हरेक वर्ष भोकमरी बढिरहेको छ। भारत सन् २०१४ को सूचीमा ५५ औं स्थानमा थियो भने २०१५ मा ८०, २०१६ मा ९७ र २०१७ मा १०० औं नम्बरमा परेको थियो।

विश्वका विभिन्न देशमा खाद्यान्न तथा पोषणको स्थिति सर्वेक्षण मार्फत खासगरी कुपोषण, शिशुहरूको पोषण अवस्था, शिशु तथा बाल मृत्युदर तथा शिशुको वृद्धि विकासलाई मापन गरेर विश्व भोकमरी सूचकांक रिपोर्ट तयार हुने गर्दछ ।

२०१९ को यो नयाँ सूचीअनुसार पहिलोमा उरुग्वे, दोश्रोमा यूक्रेन, तेश्रोमा टर्की परेको छ । सबैभन्दा अन्तिम ११७औं देशमा अध्य अफ्रिकी गणराज्य रहेको छ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल