२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि काम सुरु

२०७६, १ कार्तिक शुक्रबार ०७:३३

कात्तिक १, कंचनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ ।

विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली भीमदत्तनगर आएको हो । टोलीले बिहीबारदेखि काम थालेको प्राविधिक टोलीका प्रमुख इञ्जिनीयर गुणदत्त अधिकारीले जानकारी दिनुभयो । अध्ययनपछि मन्त्रालयमा प्रतिवेदन पेश गरिने उहाँको भनाइ छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ÷चौडाइलगायत प्राविधिक र अन्य विषयको अध्ययन गर्नेछ । 

बहत्तर सिट क्षमता भएको जहाज सञ्चालनका लागि एक हजार ८८० मिटर लामो रन–वे आवश्यक पर्ने अधिकारीले बताउनुभयो । ठूला जहाज सञ्चालनका लागि ७० बिघा जमीन आवश्यक परे पनि मझगाउँ विमानस्थलसँग ६५ बिघा जमीन छ । विमानस्थलको शुक्लाफाँटा दक्षिणतर्फ रहेको राष्ट्रिय निकुञ्जको जमीन अधिग्रहण गर्न सकेमात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताइएको छ । रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीका इञ्जिनीयर गुरुदत्त अधिकारी, स्मरण भट्ट, सन्देश पौडेल, अविशेक बर्मा र सवइञ्जिनीयर सविन पौडेलको टोली यहाँ खटिएको छ । 

केही महीनायता विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएको मझगाउँ विमनास्थल पुनः सञ्चालन सङ्घर्ष समितिका संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । “हामीले यहाँका जनप्रतिनिधि र स्थानीय तह, नागरिक समाजसहितको प्रतिबद्धता लिएर केन्द्रमा प्रधानमन्त्रीसम्मलाई गुहा¥यौंँ”, उहाँले भन्नुभयो । विमानस्थल संरक्षण एवं सञ्चालनका निम्ति सहयोग पुगोस् भनेर यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालू आर्थिक वर्षमा विनियोजन गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारमा समेत लगातार पहल गरिरहेको बताउनुभयो । झण्डै ६५ बिघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर छ । 

सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले विमानस्थलको लम्बाइ बढाउन सम्बधित निकाय र विभागसँग पहल गर्न सकिने बताउनुभयो । विमानस्थलको दक्षिणमा जग्गा अधिग्रहण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग समन्वय गर्न सकिने उहाँले बताउनुभयो । “विमानस्थलको जग्गा बढाउन पहल गछौंँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो